लागुपदार्थ दुर्ब्यसन र पुनःस्थापनाबारे चेतना मुलक सर्ट फिल्म शून्य सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
२६ जेठ २०७८ २१:४४

वासिङ्टन। लागुपदार्थ दुर्ब्यसन र पुनर्स्थापना सम्बन्धी जनचेतना जगाउने उद्देश्य लिएर डीएमभी क्षेत्रमा स्थापित “द हिमालयन भाइब्स” ले आफ्नो युट्युब च्यानलमार्फत “शून्य” नामक छोटो चलचित्र प्रदर्शनमा ल्याएको छ। पुनर्स्थापना केन्द्रबाट फर्केका पूर्व लागुपद्धार्थ दुर्ब्यषनीहरुलाई घृणा र तिरस्कार होइन बरु माया र सदभाव दिनुपन्ने सन्देश यो चलचित्रले दिन्छ।

उनीहरुलाई पुनःस्थापना हुन सहयोग नगरे कस्ता परिणामहरू हुन सक्छन् भन्ने सामाजिक सन्देश यो चलचित्र मार्फत दिने प्रयास गरिएको चलचित्रका मुख्य अभिनेता तथा “द हिमालयन भाइब्स” का एक संस्थापक रवि शाक्यले बताए। रवि शाक्य बाहेक यो चलचित्रमा मिला श्रेष्ठको पनि अभिनय रहेको छ। जिम श्रेष्ठ निर्माण प्रमुख रहेको यो चलचित्रको छायाँकन र सम्पादन मेधावी मोहन रंजितले गरेका हुन् भने यसका लेखक र निर्देशक रोशन लाल श्रेष्ठ हुन्।

द हिमालयन भाइब्स बिगत एक बर्ष देखि सक्रिय रुपमा फेसबुक र युट्युब च्यानलमार्फत विभिन्न प्रकारका सामाग्रीहरु लिएर दर्शकहरु सामु आइरहेको छ।

छोटो अबधिमा नै सो समूहले दर्शक माझ राम्रो स्थान बनाएको छ। दर्शकहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको शाक्य बताउँछन्। उनीहरुका अनुसार उनीहरुको सामग्री धेरैजस्तो सामाजिक सन्देश र मनोरञ्जन दिने खालका हुन्छन्।

यो छोटो चलचित्र सोही उद्देश्य मध्यको हो। यो भन्दा अगाडि द हिमालयन भाइब्सले कोविड् १९ सम्बन्धी जनचेतना जगाउने छोटो चलचित्र “धिक्कार कोरोना” पनि युट्युब च्यानलमार्फत प्रदर्शन गरेको थियो। सो छोटो चलचित्र नेपालको राष्ट्रिय टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *