देशभर ७४ हजार काेराेनाका संक्रमित हाेम आइसाेलेसनमा

डिसी नेपाल
२७ जेठ २०७८ ७:००

काठमाडौं। देशभरमा ७४ हजार ४ सय ३८ जना काेराेनाका बिरामीहरू होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ९ हजार ८ सय ६२ जना होम आइसोलेसनमा रहेका छन्।

यस्तै प्रदेश २ मा ६ हजार ७ सय ५६, बाग्मतीमा २९ हजार ७०, गण्डकीमा ७ हजार ५ सय ८५, लुम्बिनीमा ११ हजार २ सय ८३, कर्णालीमा ३ हजार ७ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८५ जना होम आइसोलेसमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। दोश्रो लहर आएपछि उच्च विन्दुमा पुगेको सक्रिय संक्रमितको संख्या पछिल्ला केहीदिन घटीरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ हजार सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ११ हजार ८५, भक्तपुरमा ३ हजार २ सय २३ र ललितपुरमा ४ हजार ३ सय २० गरी १८ हजार ६ सय २८ सक्रिय संक्रमित रहेका छन्।

यस्तै, संस्थागत आइसोलेसन अन्तर्गत सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ४ सय ६८ जना रहेका छन्। देशभरबाट संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ हजार ३ सय १२ जनाको देशभरका आइसीयूमा उपचार भइरहेको छ भने ३ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना संक्रमणबाट अति जोखिमयुक्त मानिएका विरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।

देशभरका भेन्टिलेटरमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा राखिएको छ। बाग्मती प्रदेशका विभिन्न अस्पतालमा रहेको भेन्टिलेरमा २ सय ४७ जनाको उपचार भइरहेको छ। यस्तै, सबैभन्दा कम सुदूरपश्चिममा ७ जनाको मात्र भेन्टिलेटरमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *