एमाले विवादः सुदूरपश्चिम प्रदेशका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

डिसी नेपाल
२७ जेठ २०७८ १५:५८
76
Shares

काठमाडौं। नेकपा एमाले प्रदेश कमिटी सुदूरपश्चिमले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समर्थनमा मतदान गर्ने पार्टीका १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। एमालेका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले हस्ताक्षर गरेको स्पष्टीकरण पत्र १७ सांसदलाई दिइएको छ।

उनीहरुले पार्टीको निर्देशन विपरित मुख्यमन्त्री भट्टको समर्थनमा मतदान गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। त्यसो त अघि प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टको प्रस्तावको विपक्षमा मतदान गर्ने ७ जना सांसदलाई पनि स्पष्टीकण सोधिएको थियो। संसदीय दलले भने मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। सुदूरपश्चिम संसदीय दलमा माधव समूहको स्पष्ट बहुमत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *