एमाले विवादः सुदूरपश्चिम प्रदेशका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

डिसी नेपाल
२७ जेठ २०७८ १५:५८

काठमाडौं। नेकपा एमाले प्रदेश कमिटी सुदूरपश्चिमले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समर्थनमा मतदान गर्ने पार्टीका १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। एमालेका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले हस्ताक्षर गरेको स्पष्टीकरण पत्र १७ सांसदलाई दिइएको छ।

उनीहरुले पार्टीको निर्देशन विपरित मुख्यमन्त्री भट्टको समर्थनमा मतदान गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। त्यसो त अघि प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टको प्रस्तावको विपक्षमा मतदान गर्ने ७ जना सांसदलाई पनि स्पष्टीकण सोधिएको थियो। संसदीय दलले भने मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। सुदूरपश्चिम संसदीय दलमा माधव समूहको स्पष्ट बहुमत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *