टिकटक सहितका चिनियाँ एपमाथि ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेनले हटाए

डिसी नेपाल
२७ जेठ २०७८ १७:३३

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ एपमाथि लगाइएको प्रतिबन्ध हटाएका छन् । यो प्रतिबन्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ५ जनवरीमा लगाएका थिए । ट्रम्पले टिकटकसहित कूल ९ एपमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पले यी एपलाई अमेरिकी नागरिकको सुरक्षाको लागि खतरा भएको बताएका थिए ।

बाइडेनको यो कदम चीनको लागि राहतको खबर भने मान्न सकिने अवस्था छैन किनकि ह्वाइट हाउसले अब चिनियाँ एप र कम्पनीको बारेमा फेरि सुरुदेखि नयाँ रणनीति तयार गरिरहेको छ । ह्वाइट हाउसले भनेको छ ‘हामी नयाँ सिराबाट यो विषयमा विचार गरिरहेका छौं र अब छिटै निर्णय हुनेछ । बाइडेन प्रशासनले ट्रम्पका कार्यकारी आदेश रद्द गरेसँगै अन्य देशबाट नियन्त्रित एपहरुको गहिरो जाँच गरिरहेको बताएको छ ।

ट्रम्पले चिनियाँ एपहरु टिकटक, अलीपे, क्यामस्क्यानर, क्युक्यु वालेट, शेयरइट, टेनसेन्ट क्युक्यु, विमेट, विच्याट पे, डब्लुपिएस अफिसमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्ध हटाएपछि ह्वाइट हाउसले ताजा बयानमा भनेको छ ‘यसबारेमा मजबुत कदम उठाइनेछन् ताकि यो तय गर्न सकियोस् कि हामे देशलाई अन्य देशबाट नियन्त्रण हुने एपबाट कुनै खतरा नहोस् ।’ बयानमा चीनको नाम पनि लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *