चितुवाको छालासहित पक्राउ

डिसी नेपाल
२७ जेठ २०७८ २०:०३

काठमाडौँ । चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरीराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायणवहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारावहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीवेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *