कथा : गाइड मल्लिका चौधरी

डिसी नेपाल
२९ जेठ २०७८ ६:५१

नेपाल !

सगरमाथाको देश। उन्नत उज्जवल हिमश्रृंखलामय मुकुट। उदात्त, महान तथा अहिंसावादी चिन्तनको प्रवक्ता महात्मा बुद्धको जन्मभूमि। वैदिक सनातन र किरात धर्मको आदि स्रोत मानिएको यो माटो। दक्षिण एसियाका पुराना मुलुकहरुमध्ये आफ्नै मौलिक सौन्दर्यले चालिएको श्रेष्ठ पवित्र स्थल। म आकर्षित भएँ।

विश्व प्रकाशन मालाले यस मुलुकका अनेकौँ महत्वपूर्ण पक्षमाथि वस्तुगत र अन्तर्निहित विशेषताहरुलाई विस्तृत ढंगले जानकारी गराएको थियो। भूगोल, जाति संस्कृति इतिहास र जीवनशैलीमा देखिने अनेकताभित्रको एकताले मलाई लामो समयदेखि लोभ्याएको थियो। मौकाको पर्खाइमा थिएँ।

२०५२ देखि २०७७ भरि छापामार शैलीको युद्धले भयावह स्थिति जन्मायो र ठूलो क्षति पुर्यायो। माओवादी आतंककारी जत्था चीनबाट नपसेर इंडियाबाट पस्नु त्यसै पनि असंगत र आश्चर्यकर थियो। दुनिया जान्दथ्यो इंण्डिया नै आतंककारी तत्वको उत्पादक र परिचालक हो।

उसैको पोषण प्रशिक्षण र निर्देशनबाट नेपालमा उथलपुथल ल्याइएको हो। सानो शान्तिप्रिय अयुद्धकामी मुलुकभित्र इण्डियाले किन आतंककारी तत्व परिचालन गर्यो? त्यसबारे दुनियाको कुनै निष्पक्ष शक्तिले मुख खोल्न सकेन। अपितु युद्धभूमिमा सल्केको आगो तापेर आइसक्रिम चाटेर बस्यो। अन्त्यमा संयुक्त राज्य अमेरिकाले आतंककारी घोषणा गरेर तिनको नियन्त्रणका लागि सहयोग पनि उपलब्ध गराएको थियो।

म आफैँ पनि आश्चर्यमा थिएँ– नेपाली जाति अर्काको भूमिमा तालिम लिएर अर्काकै निर्देशनअनुसार आफ्नो देशमाथि किन धावा बोल्दै छ? किन आक्रमण गर्दैछ? कतै माओवादी आतंककारी तत्वका नायक इंण्डियाकै घोडा भएर परिचालित त होइनन् आफ्नै जन्मभूमिविरुद्ध ?

कहीं देशको झण्डा, इतिहास राष्ट्रभाषा नागरिकता फेर्ने पथमा त लागेका हैनन् उसकै खेताला भएर? यस्तै कुरा सोचेर मलाई विरक्त पनि लाग्यो विसन्चो पनि भो। जब शान्ति आयो तुरुन्तै टिकट लिएँ र नेपालका लागि उडान लिएँ।

म शेख इद्रिश अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएँ। यो लालगढ रहेछ मेहन्द्रराजमार्ग छेउ। मेरो विमान जर्मनीबाट सिधै त्यहाँ अवतरण गरेको थियो। यो अन्तर्राष्ट्रिय उडानको पहिलो आगमन अवतरण थियो। त्यसैले बढी महत्वको थियो।

एक फन्को उच्च हिमश्रंखलाहरुको दृश्यावलोकन गराएर उडानले अवतरण लिएको थियो। अन्य उडानलाई त्यो अवसर मिलेन क्यार! मेरो साथमा उड्ने यात्रुहरु हिमाली दृश्य हेरेर त्यसै प्रफुल्ल देखिन्थे। मैले पनि यहाँ पुगेर बल्ल जीवन सफल भएको ठानेँ।

प्रसंग बदलेर उसले भनीः मैले यो देशका शत्रुलाई मारेकी हुँ। देश विलय गराउने योजनामा यी प्रतिबद्ध थिए । विलयको क्षण आइसकेको थियो। म लामो समयदेखि यिनको योजनाको बुझ्दै र तथ्यांक लिँदै थिएँ। यदि यो न्यायपीठ प्रमाण चाहन्छ भने म पेश गर्न सक्छु।

यद्यपि पर्व र उत्सवहरुको देश हो नेपाल। त्यसैले यसपटक सप्ताहव्यापी उत्सव मनाइएको रहेछ । त्यहाँको एउटा ऐतिहासिक व्यक्तिको सम्मान खातिर सप्ताहव्यापी उत्सव कार्यक्रम चल्दै थियो।

पछि थाहा भो जसले यो देशको निर्माण गर्यो उसको संझनामा सम्मानमा उत्सव मनाइँदै थियो। र त्यसै होला विदेशी पाहुना पर्यटकहरुलाई विशेष स्वागत र आतिथ्य प्रदान गरिएको थियो। मैले यस्तै अनुभव गरेँ। लाग्थ्यो मुलुक पूर्ण यौवन अवस्थामा छ।

टूँ टूँ…टूँ टूँ फोन आयो। मैले उठाएँ । टूरिस्ट गाइड आएको थाहा पाएँ। ओर्लिएर होटेलको लबीमा पुगेँ। एउटी नवयौवना मेरो सन्मुख आइन्। हाम्रो परिचय भयो– गुडमर्निङ सर, म मल्लिका चौधरी थारु पर्यटन बोर्डका तर्फबाट यहाँका लागि गाइड भएर आएकी।

‘गुड मर्निङ म गौराङ्ग । के भन्नुपर्छ मैले तारेमाम कि तासिदैले !’

‘जे सजिलो लाग्छ सरलाई!’

‘त्यसो भए चमेना गरेर जाउँ कि ?

कतै बाहिरै गरौँला नि!

मल्लिकाको अग्रसरतामा धेरैतिर घुमें, हेरेँ, बुझेँ र क्यामेरा भर्ने अवसर पनि पाएँ। जुन कुरा आँखा र क्यामेराले टिप्न भ्याउँदैनथ्यो ती पनि सुने र सम्झें। एउटा दृश्यबाट यथार्थ पनि बुझ्दै गएँ। वास्तवमा नेपालको आजको स्वरुप अनेक विषम घटना द्वन्द्व परिस्थिति र कहालीलाग्दो दुर्घटनापछिको सुन्दर परिणाम हो भनेर मल्लिकाले मलाई संझाइन्। मलाई लाग्छ उनको अवलोकन र मूल्यांकन सही थियो।

पर्यटन विभागको जीप रोकेर हामी हिड्दै गयौं। मलाई जापानको सिन्जुको पुगेको संझना भो। पैदल यात्रा गर्ने क्षेत्रमा चक्के गाडीको प्रवेश निषेध थियो। पर्यटकले निर्भय रहेर घुम्न सकिन्थ्यो।

यहाँ पनि त्यस्तै देखेँ। अनुमान गरेँ यो स्मार्टसिटी हो कि! सबै कुरा व्यवस्थित थियो। हेर्दै घुम्दै रमाउँदै हामी उत्से कफी पसलमा पुग्यौँ। पाँचौ तलाको कफी पसलबाट शहरको वृहत गोलाकार प्रांगण पार गर्दै आफ्नो गन्तव्य पूरा गर्दै हुन्थे यात्रुहरु पैदल हिँडेर।

दृश्य परपरसम्म…. देखिन्थ्यो । कफीको सारमा सोधें– मल्लिका यो चौबाटोमा गोल्डेन प्रतिमा कस्को हो? कुनै महिलाको जस्तो लाग्यो । यसबारे मलाई भनन । तर छोटकरीमा।

‘कथा लामो छ । फेरि सुनाउँछु ।’ उसले झ्यालबाट बाहिरको दृश्य औँल्याउदै– ऊ त्यो पर बगैँचा देख्नुहुन्छ सर, त्यहाँ अर्को पनि प्रतिमा छ, यस्तै छ। यस्ता प्रतिमा ठाउँ ठाउँमा छन्– शहर शहरमा र एकछिन त्यहाँ पनि पुगौँ। यात्रीलाई त्यहाँबाट पनि खुराक मिल्छ।

त्यो जानकी उपवन रहेछ। सुन्दर बाल उद्यान । तिनै वीरंगनाको प्रतिमा राख्ने उद्देश्यले उपवनको निमार्ण गरेको रहेछ। ती वीरंगना को हुन, र कुन अर्थमा उनको प्रतिमा राखियो भन्ने प्रश्नको उत्तरमा मल्लिकाले डीनरको समय प्रशस्त लिइन्। विविध शब्द श्रृंखलाबाट रोचक चित्रण उपस्थित गर्दै उनले त्यो प्रतिमा खडा गर्नुको औचित्यबारे इतिवृत सुनाइनः—

विदेशी भूमिमा जन्मेर हुर्केको राजनीतिक चिन्तनले यहाँ पसेर अभ्यास गर्ने परम्परा निरन्तर चल्यो। अर्थात कुनै पनि दल यस माटोका उत्पादन थिएनन्। जरा उतै हुन्थे, यता फैलिन्थे र झ्यांगिन्थे। तर प्रसव वा परिणाम सुन्दर देखिएनन्। जरा यहाँ नगाडिनुको अर्थ हो ससाना आँधीले मिल्काउनु, पल्टाउनु। यो पनि निरन्तरको खेल तालिका थियो।

उतैबाट आएको आँधीले यहाँ छिरेर चक्रवातको रुप लिन्थ्यो । र ध्वंश गरेर छोड्थ्यो। फेरि राजनीतिक अध्याय फेरिन्थ्यो । किन्तु यसपटक यही चक्रवात उठ्यो र वाञ्छित प्रतिफल दिएर गयो।

प्रसंग छुट्याएर मल्लिकाले थोरै शब्दमा यो पनि भनिन्ः—बीचमा महाराजले जननिर्वाचित सरकार र संसदलाई भंग गरेर डेमोक्रेटिक मान्यतालाई किनारा लगाइदिए भनौं डोकोले छोपिदिए। सरकार प्रमुखलाई कारावास गराए । फेरि निर्दलीय व्यवस्थाको सुत्रपात भयो। ११ वर्षे पञ्चायत पद्धतिले मुलुकलाई के दियो र दलहरुप्रति कस्तो देखियो त्यसको चर्चा छुट्टै हुनसक्छ। किन्तु औधोगिक विकास, संचार, शिक्षा, शान्ति सुरक्षा परराष्ट्र नीति छिमेकीमैत्री र विश्व राजनीतिमा मुलुकको मौलिक र भिन्नै चिनारी दिएको थियो।’

मल्लिका चौधरी भन्दै गई म सुन्दै रहेँ । खास गरेर जातीय सद्भाव सांस्कृतिक सम्मश्रिणलाई दृष्टिगत गरेर जसरी शहर विकास गरियो भूगोलको राजनीतिक विभाजन देखाइयो त्यसैगरी तिनलाई राजमार्गको सुत्रले उनेर सबल बनाइयो, यसलाई पछि आएका अराजनीतिक यात्रा गर्ने कथित राजनीतिक प्राणीले बुझ्न सकेनन्। अपितु पञ्चायतकालका विकास निर्माणलाई ध्वस्त पार्ने संकल्पमा प्रतिवद्ध रहे। वास्तवमा दस्युको जत्थाले सत्ता हात पार्यो र दुर्मन्थन गर्यो । प्रतिशोधको भावना लियो, विघटन गर्दै रह्यो।

गोली चल्यो। माथिको तलामा टिभी चल्दै थियो। सत्या तलामा उक्लिन। फोन गरिन्। प्रहरीलाई बोलाईन्। संसद विघटनपछि त्यहाँबाट सुरक्षाटोली फर्किसकेको थियो। प्रहरी आएर जाँच गर्यो। शवंकर, परक्ङ्किर, पाशीधन, निम्नकेतु, भगन्दर र श्वानमण्डलहरु बसेकै ठाउँमा मरेको भेटिए कुर्सीकुर्सीमा।

‘सर म भन्न चाहन्न पछिल्लोपटक संसद विघटन किन भयो? हेतु के थियो? कस्तो यात्राको थालनी गर्नु थियो । किन्तु पारदर्शी तर सूक्ष्म तत्व यति नै हो त्यो अहंकारको द्वन्द्व थियो। शक्तिको अभौतिक स्पर्धा थियो। अंश र अधिकारको रोगी भाग थियो। घरको कलह थियो। भनौं साढेको जुधाइबाट बाच्छाको मिचाइ भएको थियो । किन्तु यहाँ पनि उताको नुनिलो हावाको अमूर्त मन्थन थियो भन्न नसकिने स्थिति थिएन। सचिव, सेना, गुप्तचर र संवाददाताको दवदवा रह्यो। खूव हावा दिए खूव धूँवा आयो। जनता रोग भोक न्याय र रोजगारको लागि संघर्ष गर्दै रह्यो र अकाल मृत्यु भोग्दै गयो। भ्रष्टाचार र दुःशासनले मौलाउने अवसर पायो । एउटै घरका एकै गोत्रका भाइले छेके, घेराबन्दी गरे। ऐठन फुकाउन विघटन गर्नु पर्यो संसद सकियो।’

मल्लिकाको भनाइमा कति सत्यता थियो, मैले परख गर्नु थिएन। फेरि एमसीसी तर्फको चर्चा उठाउँदा समय रहने स्थिति थिएन। त्यसैले बालउद्यानमा रहेको प्रतिमाबारे जान्ने सोच राखेर मैले भने, तिमीलाई आफ्नो देशको आफूले देखेको भोगेको परिस्थितिको जानकारी मनग्य रहेछ। खुशी लाग्यो। संसद विघटन पछि के भयो त्यता जाऊँ।’

बस म त्यही आइपुगें। संसद विघटनपछि असन्तुष्ट समूहले सडक तताए। राजनीतिको मूलधारबाट उनीहरु हराएका हुनाले यहाँ छौं भन्ने आवाजका साथ सडकमा धुवाँ छोडे। त्यहाँ पनि उतैबाट हावाले धुवाँ फुक्यो।

जब धुवाँ मडारिन थाल्यो नायकका झोले, रुमाले, धुपैरे, हुक्के, बैठके तितरवितर हुँदै गए। पुसको जाडो छोटो दिन विरोध प्रदर्शन हाजिरी दिएर निस्कनु थियो, प्राण जोगाएर फेरि कोभिड १९को भयानक प्रकोपबाट बच्नैपर्ने थियो।

बस ऐजन मौकामा भीडलाई चिर्दै विस्तारै एउटा कालो माइक्रोबस आयो र नाइकेहरुलाई टिपेर बाटो लागयो। लाग्थ्यो सबै कुरा पूर्ण व्यवस्थित थियो । भीड के गर्छ ? मेलम्ची जल पनि पायो पाएन? जाडो, धूलो, धुँवा, सूर्यास्त सोचेर पार लाग्ने विषय थिएन। सामुहिक लाभ होइन त्यहाँ आफूलाई बचाउने र आफ्नो कामना पूरा गर्नु थियो उपस्थिति जनाएर।

कथा त्यति लामो थिएन। जहाँ पुग्नु र पुर्याउनु थियो माइक्रोबस त्यहीँ पुग्यो। ओर्लेर दुवैजना घरभित्र पसे भन्नुमात्र घर एक किसिमले महल नै थियो। स्युः स्युः गर्दै निर्दिष्ट स्थानमा बसे।

‘गृहस्वामिनी सत्या जानकी छ जनाकै पृथक पृथक रुची र स्वाद जान्दथिन। हरेकले आआफ्ना स्वादका पेय र व्यंजन लिए । प्रतिशोध लिन सफल भएको र अवको योजना र गन्तव्य कस्तो हुने मार्गचित्र कति ऋतु र कति नागवेली हुने यसबारे खुलेर वार्ता हुँदै गए।

सडक तताएर चिसिएकाहरु अब पूरै तातिसकेको निश्चय गरेर सत्याले सबै जातका क्यामेरामा आखा घुमाइन्। उनको योजनामा पहिले नै सजग थिइन् केवल त्यो मुहूर्त आजै यसबेला जुरेको हो कि न?’

यी षडयन्त्रकारी छ जनाको वाणी र अभिनयलाई वरिपरि जडान गरिएका क्यामेराहरुले नबिराई कैद गरिरहे। त्यो वारुणी सन्ध्यामा षडयन्त्रकारीहरु अबका योजना आआफ्नो ढंगले उगेल्दै रहे।

वारुणी सन्ध्यामा उनीहरुलाई एकान्त संवाद र गोप्यमन्त्रणाको मौका दिने सोच राखेर सत्याले घरका अरु सदस्यलाई माथिको तलामा पठाइन्। सहयोगीहरु पनि त्यहाँबाट अगि नै पन्सिसकेका थिए। अब काला बृटिशका दासका दासहरु यी रक्तपायी, यी नरभेधीहरु आत्महत्या र कुख्यात जीतको बखान लाउन पछि परेनन्। चाहे देश खण्डित गरेर होस या विलय आफ्नो रागी महत्वाकांक्षा पूरा गर्ने विचारले उग्र हुँदै गए, कुरा उगेल्दै रहे।

सत्या अलि पर बसेर यिनका कुरा निर्विकार भावले सुन्दै रहिन्। एकछिन पछि महाकालीको शौर्य र आक्रोशले दीप्त देखिइन् र मन मन् भनिन्– यी षडायन्त्रकारी हुन् पराईका घोडा, घोडाको जुनिबाट मुक्त गरेर लगाम छुटाउनै पर्छ, अन्यथा यिनै पापी दुरात्माहरुको हातबाट यो मुलुक पराधीन हुनपुग्छ । जोगिन सक्तैन । यी बाँच्नु मुलुकको हितमा छैन्।

गोली चल्यो। माथिको तलामा टिभी चल्दै थियो। सत्या तलामा उक्लिन। फोन गरिन्। प्रहरीलाई बोलाईन्। संसद विघटनपछि त्यहाँबाट सुरक्षाटोली फर्किसकेको थियो। प्रहरी आएर जाँच गर्यो। शवंकर, परक्ङ्किर, पाशीधन, निम्नकेतु, भगन्दर र श्वानमण्डलहरु बसेकै ठाउँमा मरेको भेटिए कुर्सीकुर्सीमा।

सत्याले आफैँले गोली हानेर यिनको हत्या गरेको बयान दिइन्। यो राजनीतिक हत्या हो र राजनीतिक उद्देश्यपूर्तिका लागि नै कर्म गरेकी हुँ। यो सुकर्म हो किनकी यो हत्या मुलुकको हितमा छ भन्दै खुलेर औचित्य सिद्ध गर्न खोजिन्। प्रहरीले लिखतको प्रारुप तयार पार्यो।
मुद्दा डबलीको विधि पीठमा पुग्यो, अदालतमा गएन।

के डबली? के पीठ? मैले जान्न खोजेपछि मल्लिकाले भनिन्, यो सामाजिकहरुको चौतारी हो जहाँ न्याय दिइन्छ।
डबली बस्योः

यी षडयन्त्रकारी छ जनाको वाणी र अभिनयलाई वरिपरि जडान गरिएका क्यामेराहरुले नबिराई कैद गरिरहे। त्यो वारुणी सन्ध्यामा षडयन्त्रकारीहरु अबका योजना आआफ्नो ढंगले उगेल्दै रहे।

देशका चुनिएका नेतालाई यसरी आफ्नै घरमा हत्या गर्नुको कारण केहो सत्या जानकी? तपार्इं औचित्य सिद्ध गर्नसक्नु हुन्छ? डबलीको न्यायपीठले सोध्यो ।

‘डबलीको न्यायपीठ समक्ष प्रस्तुत भएर पहिले वाचा गरी–३६ हजार मृतात्मा तथा असंख्य विकलांग, हजारौँ वेपत्ता, हजारौँ रोगी र लाखौँ टुहुरा हजारौँ विधवा र आधार हराएका लाखौँ अभिभावकहीन अनाथ र वृद्ध आमाबाबाहरुप्रति क्रमश श्रद्धान्जली र नभन स्मरण गर्दै सत्य बोल्ने वाचा लिन्छु।

प्रसंग बदलेर उसले भनीः मैले यो देशका शत्रुलाई मारेकी हुँ। देश विलय गराउने योजनामा यी प्रतिबद्ध थिए । विलयको क्षण आइसकेको थियो। म लामो समयदेखि यिनको योजनाको बुझ्दै र तथ्यांक लिँदै थिएँ। यदि यो न्यायपीठ प्रमाण चाहन्छ भने म पेश गर्न सक्छु।

सो डबली यसबारे सोध्न चाहँदैन तर यो समाजको न्यायपीठ भएको र सांस्कृतिक चिन्तनमा आघात परेको गुनासो आएकाले जान्न चाहन्छ मृतकहरुमा तपाईँको परमेश्वर पनि हुनुहुन्छ, पति परमेश्वर! उहाँलाई चाहिँ जोगाउन चाहेको भए सक्नुहुन्थ्यो नि हैन र?

देशभन्दा ठूलो कुनै पनि व्यक्ति गुट र दल हुँदैन। यी कुरा देश रहेमात्र रहने हुन, मौलाउने हुन्। एउटा व्यक्तिले दुई हजार मान्छे मारेर आफूलाई अमर ठान्न खोज्यो। मैले मात्रै छ वटा विषवृक्ष मासेर यत्रो मुलुक र अरबौँ जनताको भविष्य जोगाउने कदम चालें।

शायद अब मुलुक ढल्पलाउने छैन, यहाँ कम्पन आउने छैन। यी राष्ट्रघातीको अन्त्य गरेर मैले समाजको यस माटोको संस्कृति र इतिहासको रक्षा गरेकी छु। यदि मेरो कर्म देशको हितमा छैन भने म अपराध स्वीकार गर्छु।

त्यसपछि यी व्यक्ति व्यक्तिको फाइल पढे, यिनले गरेको अपराध र सम्पूर्ण आर्थिक घोटालाको मन्थन गरे, फेरि ऐतिहासिक पृष्ठभूमि र विदेशी गुप्तचर संस्थााको प्रमाणमा परेर मुलुकलाई द्वन्द्व र दुर्घटनातर्फ बारम्बार धकेलेको प्रमाण हेरे।

सत्या जानकीको वयान क्यामेरा र भिडियोको दृश्य तथा अपराध अनुसन्धान महाशाखाले तैयार पारेको प्रतिवेदन समेत हेरेर बुझेर सत्या जानकीलाई अपराध मुक्त गरेर वीर नारी भन्ने उपाधिले सम्मानित गर्न आदेश दिइयो।

राज्यले होइन अपितु नागरिक समाजले सत्या जानकीलाई वीराङ्गनाको सम्मान दियो , त्यसपछि ठाउँठाउँमा उनका प्रतिमा उभिदै गए। एक दिनको घटनाले उनी चर्चित र अमर भइन् । इतिहासमा आदरणीय भएर गइन्। यस प्रतिमाको कथा यही हो ।

मल्लिका चौधरीले सुनाएको यो कथा चलचित्रजस्तै लाग्यो। म आज पनि यो कथा सुनेर भावुक हुन्छु र ती वीरंगनाप्रति सम्मान अर्पण गर्छु अनि कथा सुनाउने चौधरी कन्याप्रति शतश आभार। वास्तवमा मैले सोचेभन्दा ठानेभन्दा बढी नै क्षमता भएकी थिइन् मेरी गाइड। आज पनि म मल्लिका चौधरीको चेतना र मूल्यांकन क्षमताको संझना गर्छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *