आतंक मच्चाएपछि ‘ओसामा’ नाम राखिएको गोही, जसले ८० मान्छे खाँदा पनि मृत्युदण्ड पाएन

डिसी नेपाल
२९ जेठ २०७८ १८:०५

काठमाडौं। रगतको प्यासी एक गोहीले आफू बस्ने ताल छेउको गाउँका ८० जना मान्छे खाइसकेको छ । यो गोहीले आतंक मच्चाएपछि यसको नाम कुख्यात आतंकवादी ओसामा बिन लादेनको नामबाट ‘ओसामा’ राखिएको थियो । यो नाइल गोहीको उमेर ७५ वर्ष भएको विश्वास गरिन्छ र यो युगाण्डाको लेक भिक्टोरियामा बस्थ्यो । १६ फिट लामो यो गोहीले १९९१ देखि २००५ को बीचमा लुगांगा गाउँका १० प्रतिशत मानिसहरुलाई खाइसकेको छ ।

डेलीस्टारका अनुसार यो गोहीले तालको छेउमा खेलिरहेका बालबालिकालाई तानेर लैजान्थ्यो । पछि यसले माछा मार्न गएका मानिसहरुको डुंगामा हाम्फालेर मानिसलाई तानेर लैजान थालेको थियो । डुंगामा माछा मार्न जाँदा ओसामाको आक्रमणमा परेर बाँचेका पल किवालिंगाले भने ‘ओसामा पानीको सतहमा देखियो र डुंगामाथि आयो । म उभिएको डुंगाको पछिल्लो भाग उचालियो । ओसामाले पलका दाजु पिटरलाई खुट्टाबाट तानेर मारेको थियो ।

ओसामाको आतंकपछि गाउँलेले सहयोग मागेपछि २००५ मा ओसामालाई समातिएको थियो । ५० स्थानीय र वन विभागका कर्मचारीले उसलाई समातेका थिए । मानिसहरु ओसामालाई मार्न चाहन्थे तर वन विभागका कर्मचारीले उसलाई मार्न नहुने बताए । त्यसपछि ओसामालाई युगाण्डा क्रक नामको संस्थालाई प्रजनन प्रयोजनको लागि दिइएको थियो ।

अहिले यो गोहीले नयाँ गोहरुहरु जन्माइरहेको छ । यसको मद्दतले सयौं वा हजारौंसम्म अरु गोहरुहरु जन्मिने अपेक्षा गरिएको छ । यी गोहीको छाला इटली, दक्षिण कोरिया जस्ता देशमा ह्याण्डब्याग र अन्य फेसनका वस्तुहरु बनाउने गरिन्छ । यो गोही ल्याएपछि यो फार्ममा पर्यटकको संख्या पनि दोब्बरले बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *