जसपाका ४ सांसदले ह्वीप उल्लंघन गरेपछि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

डिसी नेपाल
३० जेठ २०७८ १५:५८

काठमाडौं। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा बहुमतले पारित भएको छ। सरकारको नीति तथा कार्यक्रमका पक्षमा एमालेका ३८ र जसपाका ४ जनाले समर्थन गरेपछि बहुमतले पारित भएको हो।

जसपाले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाए पनि जसपाका ६ मध्ये ४ जना सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका छन्। उनीहरु चारैजना लुम्बिनी सरकारमा मन्त्रीसमेत छन्।

नीति तथा कार्यक्रमको विपक्षमा ४० मत परेको थियो। विपक्षीहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै नीति तथा कार्यक्रम ल्याउन नै नमिल्ने बताउँदै आएका थिए। तर, आइतबार सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै मुख्यमन्त्री पोखरेलमाथिको संकट पनि टरेको छ।

जसपामा आएको विभाजनले लुम्बिनीमा एमालेको शंकार जोगिएको हो। जसपाको ह्वीप अनुसार नीति तथा कार्यक्रममा मतदान भएको भए सरकारको नीति तथा कार्यक्रम पारित हुने अवस्था थिएन।

जसपाले सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई पदमुक्त गरे पनि सर्वोच्चले उनीहरुको पदबहाली गरिदिएपछि मुख्यमन्त्री पोखरेललाई सहज भएको हो। उनीहरु चारैजना मन्त्री हुन्। र उनीहरुले आइतबार ह्वीप उल्लंघनज गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका छन्। यससँगै सरकार बहुमतमा रहेको स्पष्ट भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *