जी सेभेनका देशले १ अर्ब डोज खोप दान गर्ने

डिसी नेपाल
३० जेठ २०७८ १९:५६
736
Shares

काठमाडौं। विश्वका धनी मुलुकहरुको संगठन जी सेभेनमा रहेका मुलुकले एक वर्षमा १ अर्ब डोज कोरोनाविरुद्धको खोप दान गर्ने भएका छन्। जी सेभेन मुलुकको  शिखर सम्मेलनम खोप दान गर्ने घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार बेलायततेमात्र १० करोड डोज दान गर्ने घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सम्मेलनमा बेलायतले १० करोड डोज खोप दान गर्ने घोषणा गरेका छन्। यसरी दिइनेृ खोप अनुदान दुई तरिकाबाट दिइने जनाइएको छ। कोभ्याक्स कार्यक्रम वा सिधै दान दिने बीबीसीले उल्लेख गरेको छ।

बेलायती प्रधानमन्त्री जोन्सनले जी सेभेनले गरेको घोषणा कोरोनाविरुद्धको लडाइँमा ठूलो कदम भएको बताएका छन्।

जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा छन्। यी संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका विकसित मुलुक हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *