लिफ्टको बदलामा शारीरिक सम्बन्धको शर्त !

डिसी नेपाल
३१ जेठ २०७८ १६:२०

काठमाडौं। युगाण्डामा एचआइभीविरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन् । एक नयाँ अध्ययनमा भएको खुलासा अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ । यहाँका चालकहरु पैसा लिनुको सट्टा ग्राहकसँग शारीरिक सम्बन्ध बनाइरहेका छन् । यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ

युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ । यहाँका अधिकांश युवक यो जागिरमा छन् । अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग शारीरिक सम्बन्धमा लिप्त पाइए । ६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनरसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग शारीरिक सम्बन्ध राख्ने गरेको पाइयो । अध्ययनमा ५७.१ प्रतिशतले शारीरिक सम्बन्धको समयमा कण्डम प्रयोग नगरेको स्वीकार गरे ।

शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने ‘कैयौं पार्टनरसँग यौन सम्बन्ध बनाउनु जोखिमपूर्ण यौन व्यवहार हो । खासगरी कण्डमबिना। किनकि यसबाट एचआइभी, अनिच्छित गर्भाधान र अन्य किसिमका यौनजन्य संक्रामक रोग हुन्छन् ।’ उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार यौन व्यवहारके लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *