चीनको एक परमाणु केन्द्रमा चुहावट, ठूलो खतरा हुन सक्ने चेतावनी
बेइजिङ (एजेन्सी)। चीनको एक परमाणु केन्द्रमा चुहावट भएको भन्दै खतराको चेतावनी दिइएको छ। अमेरिकी गुप्तचर एजेन्सी चीनको दक्षिणी प्रान्त गोंगडुङस्थित ताइशन परमाणु केन्द्रमा चुहावट भइरहेको दावी गरेको बेलायती समाचार माध्यम डेली मेलले जनाएको छ।
समाचार अनुसार विगत दुई हप्तादेखि सो परमाणु केन्द्रमा चुहावट भएको र रेडियो एक्टिभ किरणहरु फैलिन सक्ने चेतावनी दिइएको छ। सो परमाणु केन्द्रमा मे महिनादेखि हल्का चुहावट भएको र अहिले सो चुहावट बढेको जनाइएको छ।
तर चिनियाँ एजेन्सीहरुले भने सो परमाणु केन्द्र सामान्य अवस्थामा रहेको बताएकोसमेत डेली मेलले जनाएको छ। परमाणु केन्द्रमा चुहावट भए त्यहाँबाट निस्किने रेडियो विकिरणले ठूलो मानवीय क्षति गर्न सक्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment