साऊदीको ऐतिहासिक फैसला, मेहरमविना नै मुस्लिम महिला हज जान पाउने
रियाद (एजेन्सी)। साऊदी अरबले महिलाहरु मेहरमबिना नै हज जान पाउने ऐतिहासिक फैसला गरेको छ। साऊदी अरबको हज मन्त्रालयले मुस्लिम महिलाहरु अब मेहरम अथवा पुरुष अभिभावकबिना वार्षिक हज यात्रामा जानका लागि पञ्जीकरण गर्न सक्ने बताएको छ।
मन्त्रालयले एक इंफोग्राफिकमा भनेको छ, ‘हजका इच्छुक मानिसहरुले व्यक्तिगतरूपमा पञ्जीकरण गर्नुपर्छ। महिलाहरु कुनै अन्य महिलासँगै मेहरम (पुरुष अभिभावक) बिना नै पञ्जीकरण गर्न सक्नेछन्।’
महिलाहरुको उमेर १८ देखि ६५ उमेर समूहका हुनुपर्ने बताएको छ। हजका लागि १३ जूनदेखि २३ जूनसम्म पञ्जीकरण गर्न सकिने मन्त्रालयले बताएको छ।
साऊदीको ऐतिहासिक फैसला, मेहरमविना नै मुस्लिम महिला हज जान पाउने
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment