सुहागरातमा शारीरिक सम्बन्धको क्रममा १८ वर्षकी बेहुलीको मृत्यु

डिसी नेपाल
१ असार २०७८ १३:४५

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

ब्राजिलको इबिराइट सहरमा १८ वर्षकी युवतीको २९ वर्षका युवकसँग धुमधामका साथ उनको घरमा रहेको फार्महाउसमा बिहे भएको थियो । बिहेपछि नवविवाहित जोडी निकै खुसी थिए । तर, यो खुसी धेरै समयसम्म टिक्न सकेन । पुलिसका अनुसार बिहेपछि पहिलो रातमा शारीरिक सम्बन्धको क्रममा बेहुलीको स्वास्थ्य अचानक बिग्रियो । जबसम्म उनका पतिले केही बुझ्न सक्थे त्यतिबेला उनी जमिनमा लडिसकेकी थिइन् ।

पत्नीको यो हालत देखेपछि पतिले सहयोगका लागि छिमेकीहरुलाई बोलाए । पत्नीलाई अस्पताल लैजानको लागि उनले ट्याक्सी बोलाए तर उनका अनुसार ट्याक्सी चालकले अस्पताल जान मानेनन् । त्यसपछि उनले अर्को ट्याक्सीलाई भने तर त्यो ट्याक्सीका चालकले पनि अस्पताल जान अस्वीकार गर्दै आकस्मिक सेवामा फोन गर्न भने । त्यसपछि पतिले आकस्मिक सेवामा फोन गरे ।

पारामेडिक्स स्टाफ उनको घर पुग्दासम्म उनकी पत्नीको सास चलिरहेको थियो । पारामेडिक्सले उनको जाँचमा उनलाई सास फेर्न कठिनाइ भइरहेको पाए र उनलाई हृदयाघात भएको पुष्टि गरे । तत्काल उनलाई एम्बुलेन्समा अस्पताल लगियो तर बाटोमै उनको मृत्यु भयो । पतिको दावीअनुसार एम्बुलेन्स आउन करिब एक घण्टाको समय लाग्यो । यही कारण उनकी पत्नीको मृत्यु भएको उनले दावी गरेका छन् ।

आपतकालीन सेवाको तर्फबाट भने पहिले एम्बुलेन्स रद्द भएपछि अर्को एम्बुलेन्स २१ मिनेटभित्र पुगेको बताइउको छ । महिलाको पोस्टमार्टममा उनलाई ब्रोङकाइटिसको समस्या भएको खुलासा भएको छ । पुलिसका अनुसार बेहुलीको शरीरमा हिंसाका कुनै चिन्ह थिएनन् । पुलिसले उनको मृत्यु आकस्मिक मानेको छ । छिमेकीहरुले पनि घटनाभन्दा पहिले कुनै किसिमको चिच्याएको स्वर वा अन्य आवाज नसुनेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *