बिडिएको अन्तर्क्रिया, नेपाल र भारतबाट आएकाले अमेरिकामा रक्तदान गर्न तीनबर्ष कुर्नुपर्ने

डिसी नेपाल
२ असार २०७८ ६:०६

वासिंगटन डिसी । विश्व रक्तदाता दिवश तथा १२ औं ब्लड डोनर्स अफ अमेरिका बिडीए स्थापना दिवशको अवसरमा अमेरिकाका विझिन्न ब्लड बैंकहरुसंग बिडिएले अन्तर्क्रिया कार्यत्रम सम्पन्न गरेको छ । रक्तदाता र ब्लड बैंकहरुका बीचको सम्बन्ध प्रगाढ बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बिडिएका अध्यक्ष डा.लीलाराज दाहालले डिसी नेपाललाई बताए । कार्यक्रममा रेडक्रस प्रतिनिधि बोस्टन म्याशाच्युसेट्स क्षेत्रकी जेनिश काफ्का, भाईटाल्याण्टको तर्फबाट डेन्भर कोलोराडोकी ह्वीटनी निल्सेन र डा. मेरी टसण्ड तथा कार्टर ब्लड केयरको तर्फबाट जस्टिन लिपट्रटले भाग लिएका थिए ।
कार्यक्रमको शुरुवातमा सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले रक्तदान दिवशको विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेको यो वर्षको नारा “रक्तदान गरौं, संसारको धड्कनलाई कायम राखौं” लाई सार्थक बनाउन बिडिएले काम गरिरहेको र रक्तदाता तथा रगत बैंकहरुबीचको सहकार्यले यसलाई अझ सहज बनाउने धारणा राखेका थिए । साथै यो वर्ष स्वच्छ रक्तदानको लागि विश्व स्वास्थ्य संगठनले युवा परिचालनमा जोड दिएको र बिडिएमा युवाहरुको सहभागिता हुनुका साथै युवा विङ नैं रहेकोसमेत उनले ब्लड बैंकहरुलाई जानकारी दिएका थिए ।

छलफलका क्रममा मुख्यरूपमा नेपाल तथा भारतबाट आउनेहरुले अमेरिकामा रक्तदान गर्न सुरुमा कति समय कुर्नुपर्ने भन्नेमा अन्योल रहेको कुरा उठेको थियो । त्यसमा भाइटाल्याण्टकी प्रमुख स्वास्थ्य निर्देशिका मेरी टसण्डले नेपाल तथा भारतजस्ता औलो प्रवाभित देशबाट आउनेहरुले सुरुमा ३ वर्ष र त्यसपछि छोटो समयको लागि गएर अमेरिका फर्केपछि भने ३ महिनापछि रक्तदान गर्न योग्य हुने जानकारी गराएकी थिइन् । उनको कुरामा अमेरिकन रेडक्रस तथा कार्टर ब्लडकेयरका प्रतिनिधिको फनि सहमति थियो । त्यसबाहेक नयाँ रक्तदाताहरुलाई रत्तदानको फाइदाबारे जानकारी गराएर रक्तदान गर्न उत्प्रेरित गराउने तथा बिडिएले आफ्नो समूहबाहेक स्थानीयरुपमा अरु संघ–संस्थाहरुद्वारा आयोजित कार्यक्रमहरुमा पनि भाग लिएर अझ बढी योगदान गर्न सक्ने सुझाव कार्टर ब्लड केयरका जस्टीट लिफट्रटले दिएका थिए । रेडक्रसकी जेनिस काफ्काले बिडिएलाई रेडक्रससंग जोडेर रक्तदान कार्यत्रमलाई सहज बनाउन आफूले सक्दो योगदान गर्ने बताइन् ।

बिडिएका सह–कोषाध्यक्ष श्रीराम लामिछानेले सञ्चालन गरको ऊक्त कार्यत्रमका सहभागीहरुले रक्तदाता र ब्लड बैंकहरुबीच सुमधुर सम्बन्ध बनाउन सहयोगी भएकोमा खुसी व्यक्त गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *