दोस्रो लहरले लियो ५ हजारभन्दा बढीको ज्यान

डिसी नेपाल
२ असार २०७८ ७:२४
108
Shares

काठमाडाैं। कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ।

चैतको २० गते अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७९ जना थिए। संक्रमणबाट मृत्यु हुनेहरूमा सवै भन्दा ६० बर्ष माथिको जनसंख्या रहेको मन्त्रालयले जनाएको छ। दोस्रो नम्बरमा ५० देखि माथिका र तेस्रोमा ४० देखि ४९ वर्षभित्रका रहेका छन्।

गत वर्षको तुलनामा दोस्रो लहरमा साढे दुई महिनाको अवधिमा ५ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयको अभिलेखमा देखिन्छ। यो हिसाबले गत वर्षको भन्दा यो वर्षको मृत्युदर कम समयमा करिब दोब्बर देखिन्छ।

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर २० प्रतिशत रहेको छ। परीक्षण भएका १३ हजार २ सय ९० वटा नमुनामध्ये २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो।

थप संक्रमितसहित नेपालमा दोस्रो लहरको अवधिभित्र ३ लाख ८० हजार ८ सय ३६ जना संक्रमित भएका हुन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ३४ हजार ६ सय ५ जना पुगेका छन्।

संक्रमित मध्येमा ५ लाख ८ हजार ८ सय ४६ जना होम आइसोलेसनमा, ४ हजार ३ सय ८९ संस्थागत आइसोलेसनमा र ९ सय ६७ आइसियुमा भर्ना भएका छन्। तीमध्येमा २ सय ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *