बाइेडन र पुटिनबीच जेनेभामा वार्ता
जेनेभा (एजेन्सी)। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता शुरु भएको छ। बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि पुटिनसँगको यो पहिलो वार्ता हो। स्वीट्जरल्याण्डको जेनेभास्थित लुश लेकसाइड स्वीस मानसनमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।
दुबै देशका राष्ट्रपतिले एकअर्काबीचको सम्बन्ध इतिहासमै कमजोर बनेको स्वीकार गरेका बेला यो वार्ता भएको छ। यो वार्ता हुनुअघि नै विश्वको नजर यो वार्तामाथि छ।
बाइडेन र पुटिनबीच तिखो आरोपप्रत्यारोप चलिरहेका बेला यो वार्ता भएको हो।बाइडेनले पुटिनलाई हत्यारा भनेका थिए। त्यसपछि रुसले वाशिङ्टनस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment