किराँत राईहरुको अन्तर्राष्ट्रिय कार्यक्रम हुने

डिसी नेपाल
२ असार २०७८ २१:१८

वाशिङटन। युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्षमा भर्चुअल माध्यमद्वारा संसार भरीको किराती राईहरुबीच शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ।

यही जुन १९,२०२१ नेपाली समय बेलुका ६ बजेदेखि संचालन हुने उक्त कार्यक्रमको प्रमुख अतिथी सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्ग रहने कुरा अर्गनाइजेसनकी सभापती मुना राईले जानकारी दिइन्। ‘किराँत राईहरुबीच बिबिधता ,भावनात्मक एकता’ भन्ने नाराका साथ संसार भरी छरिएर रहेका राईहरुबीच यो सांस्कृतिक चाडमा शुभकामना आदान प्रदान गरिने उनले बताइन्। लगभग २० भन्दा बढी देशबाट प्रतिनीधिहरु उक्त कार्यक्रममा सहभागी हुने उनले जानकारी दिइन्।

अर्गनाइजेसनका उपसभापती तथा यो भर्चुअएल कार्यक्रमका संयोजक जी एस राईले नेपालका किराँत राई यायोखा केन्द्रीय समितीदेखी विश्वमा रहेका किराँत राईहरु कुवेत, मकाउ, थाईल्याण्ड, मलेशिया, यु ए इ,अस्ट्रेलिया, हंगकंग, युके, न्युजिल्याण्डड, जापानलगायतका अन्य थुप्रै देशहरुबाट सहभागी हुनेछन्। यायोखा केन्द्रीय सभापती दिवश राई, पूर्व राजदुत नोबल किशोर राई, संयुक्त रास्ट्र संघ नेपालका स्थायी प्रतिनिधि वर्तमान राजदूत अमृत राई, अभिनेता दया हाङ्ग राई, गायक तथा वरिसष्ठ संगीतकार जितेन राईलगायत सहभागी हुनेछन्।

यस्तै अमेरिकाको प्रशान्त महासागरदेखी आन्द्र महासागरसम्म फैलिएको युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले भर्खरै टेक्सास, अर्कान्सास र फ्लोरिडा लाईमिलाएर च्याप्टर गठन गरेको छ। उक्त च्याप्टरको सभापती दम काजी राई, उपसभापती गौरव राई, महासचिव सदेश राई, कोषाध्यक्ष राजेश राई रहेका छन् भने बोर्ड सदस्यहरुमा लिजा राई, करुण राई, सिर्जना राई रहेका छन्। अन्य खाली पदहरु पछी पूर्ति गरिने सभापती दम काजी राईले बताए।

हाल नेपालमा फैलिरहेको कोभिड महामारी पीडितहरुको सहयोगार्थ अर्गनाइजेसनका युथ न्यु हेम्प्शायर युनिभर्सिटीका बिद्यार्थी अबृता कुथुमीले फ्रिजन मम बिक्री गरेर सहयोग संकलन गरिरहेका छन् भने यु एस आर्मीमा कार्यरत सुप्रेम चाम्लिङ्ग राईले गो फण्डको माध्यमबाट सहयोग संकलन गरिरहेको छन्। नेपालमा लकडाउनको मार खेपिरहेको र अक्सिजनलगायत अन्य मेडिकल सामग्रीको अभावमा नेपालीहरुले समस्या खेपिरहेकोले त्यसका लागि सहयोग रकम संकलन गरिरहेको र यो रकम युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरीकाको केन्द्रीय समितीको कोषबाट खर्च गरिने युवा सुप्रेम राईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *