म्यानपावर र तालिम प्रदायक संस्थालाई इजाजत नवीकरण गर्न आह्वान

डिसी नेपाल
३ असार २०७८ ९:४३

काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त संस्था(म्यानपावर कम्पनी)हरुलाई असार मसान्तभित्र र सिपमुलक तालिम प्रदायक संस्थाहरुलाई असार १५ गते भित्र इजाजत नवीकरण गर्न आह्वान गरेको छ । विभागले सूचनामार्फत यस्तो आह्वान गरेको हो ।

विभागले म्यानपावर कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई र आयकर दाखिला गरेको प्रमाण, वर्षमा कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात आदि नवीकरणका लागि बुझाउन आग्रह गरेको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौँ संसोधन)मा वर्षमा कम्तिमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने वैदेशिक रोजगार कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *