अनुभूति : कोरोना र असारको बीचमा गाउँवस्ती

डिसी नेपाल
५ असार २०७८ ६:४६

आज सुतेको सात दिन भयो। आजबाट थोरै आशा पलाएको छ। अषाढको समयमा धेरै सुतेर पनि हुन्न। खानाको स्वाद ठ्याम्मै छैन। पाइला सार्न महाभारतनै हुन्छ। सबैजना धेरै सुत्नुहुन्न भन्छन्। त्यसैले आजबाट थोरै हिँड्डुल गर्ने कोशिशमा छु।

उनी हुन् २२ वर्षीया कुमारी श्रेष्ठ जुगल छ हाप्रा। चार दिन अगाडि गाउँमै पुगेको मेडिकल टिमको औषधि बितरण पश्चात केही ठिक हुँदै आएको उसको भनाइ थियो। दश बर्षिय सन्तोष श्रेष्ठ नाम समेत भन्न निकै गाह्रो देखिन्थ्यो।

मेडिकल टिमको तापक्रम जाँच्ने मेसिनमा सन्तोषको तापक्रम १०२ देखिएको थियो। डक्टरले सोधेका उतर दिन निकै मुस्किल थियो सन्तोषलाई। उनको आमाको हालतपनि उस्तै थियो। ६७ वर्षीय जगतबहादुर तामाङ निकै कठिनकासाथ मेडिकल क्याम्पमा आइपुगेको थियो।

शरीरको तापक्रम डरलाग्दो थियो, टाउँको दुखाइ त्यस्तै, खाना स्वादको कुरै नगरौ फेरिपनि आरम गरेर सुत्ने बातावरण थिएन। गाउँबाट केही पर रहेको गाई गोठमा गोठालो बन्ने उनको दिनचार्य थियो। हिँड्न सक्दैन फेरिपनि गाइबस्तुको बिजोग हेर्न सक्दैनथ्यो। अरुबेला आउने ज्वरो केही दिनमा हराउछ भन्ने बुझाई थियो तर छाँटकाँट थिएन।

मेडिकल टिम आउने जानकारी पाएपछि अरु बेला आधा घण्टामा ओहोर दोहोर गर्ने बाटोमा घण्टौं लगाएर क्याम्पमा आइपुगेको थियो। शरीरको तापक्रम १०२ अरुबेला निकै फुर्तिलो मान्छे बोल्न नपाए हुन्थ्यौ भन्ने थियो, निकै कमजोर अवस्थामा देखिन्थ्यो जगतबहादुर।

६७ वर्षसम्म कति बिरामी भए तर जिवनमा अहिलेसम्म यतिको गाह्रो कहिलेपनि भएको थिएन र मर्छ कि बाँच्छ ठेगाननै भएन उहाँको भनाइ थियो।

मेडिकल टिमसँग उपलब्ध सबै प्रविधि प्रेसर, तापक्रम सबै चेकजाँच गरेर औषधिहरु दिएपछि अनुहारमा केही उज्यालो देखिएको थियो।
यो औषधि खान्छु पिउँछु फेरिपनि मरेछुभने कुनै चिन्ता छैन आखिर मर्नुनै हो जाँदैजाँदै यो हरफ बोल्दै टिमसँग बिदा भयो।

लठ्ठी टेक्दै निकै गाह्रोका साथ घर छिर्दै थियो प्रेम माया तामाङ। ३४ वर्षीय प्रेममाया खेतबाट खेतको काम सकाएर घर आउँदै थियो। अषाढ लौनुनै छ। रोपाइ गर्न नसकेपनि आफूले गर्न सकिने काम गरौलाभनि खेतमा गाएको बेकारमा गाएजस्तो लाग्यो उनको जवाफ थियो।

२ हप्ता बितिसक्यो तर निको हुने कुनै छाँटकाटनै देखिएन म त मर्छकुी के हो भन्दै सुनाउदै थियो। गाउँभरिकै निकै सिरियस अवस्थाको प्रेममाया अस्पताल आउने चाहना भएरपनि आउन सकिएको छैन। खेत रोपाई, गाइबस्तु, घरमा रहेका साना साना बालवालिका र यातायातको असहजतनै यतिखेरको समस्या देखियो।

माना रोपेर मुरी फलाउने यो समयमा रोगले ग्रसित बस्तीमा माथि उल्लेखित ब्यक्तिहरु त पात्रमात्र हुन्। यतिखेर गाउँका अधिकाँश मानिसहरु यही हालतमा रहेका छन्।

काठमाण्डौबाट १०५ किलोमिटर टाढा रहेको हगाम (हागङ) सबैभन्दा शिरको गाउँको उचाई समुन्द्रि सतहदेखि १९ सय रहेको छ। जुगल गाउँपालिका ६ मा हाप्रा, हगाम, बिसिंघर, घिचे, खानी डाँडा ५ गाउँ रहेका छन्। जम्मा २३ सय जनसंख्या रहेको यस बस्तीमा शतप्रतिशत मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन्।

उच्च पहाडी क्षेत्रमा ज्येष्ठ अन्तिम देखिनै रोपाई शुरु गरिन्छ। यतिखेर सबैजना खेतका गारागारामा हुनुपर्ने तर अधिकाँश गाउँबासी बिरामी भएर घरमै बस्न बाध्य छन् त कोही सकिनसकी हिडिरहेका छन्।

यी यस्तै यस्तै अवस्थामा गुज्रिरहेका गाउँको अवस्थालाई नजिकबाट नियाल्न तिन दिनको योजना सहित १ लाख ५० हजार बराबरको औषधिसहित जेरिको रोड कम्युनिटी हेल्थ सेन्टर प्रा.लिका परिवार सहित हामी ५ जना यही २०७८ ज्येष्ठ ३१ गते बिहान ६ बजे प्रतिदिन ७ हजार दिने सहमति बमोजिम एक स्कार्पियो गाडी रिजर्भ गरि काठमाण्डौलाई छोड्यो।

प्रत्येक दिन जसो फलनाको पहलमा यो गर्यो त्यो गर्‍याे भनेर बितरण गरिएको सामग्रीभन्दा समाजिक संजालमा चर्चापरिचर्चा कमाउन तल्लीन ती सहयोगी हातहरु बिरामीले थल्लिएका गाउँमाबस्तीमा गइ वास्तविकताको पहिचान गरि आवश्यक सहयोगनै अहिलेको आवश्यकता देखियो।

बाटो सुनसान थियो तर गाडीको गतिलाई बढाउन सकिँदैन्थ्यो। ठाउँ ठाउँमा ट्राफिङ चेकिङ चलिरहेको थियो। प्रत्येक चेकप्वाइन्टमा बेली बिस्तार लगाउनै पथ्र्याे। अलि सहज होस् भन्ने हेतुले हाम्रो गाडीमा (एज) चिप्काएको थियो तरपनि सबैसँग भएको परिचयपत्र देखाउँदै बेलीबिस्तार लागउदै अगाडी बढ्यो।

बाटोमा अरुबेलाजस्तो चिया नास्ता पाउने ठाउँ थिएन। जेरीको रोड कम्युनिटी हेल्थ प्रा.लिका परिवार आशिष पाख्रीन, एच.ए. बर्णबास पण्डित, सरोज तामाङ (बेनीजत), अर्जुन श्रेष्ठ र म सहित गरी ५ जनाको टोली अगाडीको बाटोको अवस्था सम्झिएर दुखीत हुन्थे तर टिमका साथी सरोजको रमाईलो गफलेनै हाम्रो अन्य कुराहरु बिर्साइदिने गथ्र्याे।

अरनीको हाइ–वे धुलीखेल, पनौती, जिरो किलो, दोलालघाट हुदै अरनीका हाइ–वेलाई बाईबाई गर्दै हामी बलेफीबाट बायाँ मोडियो। ब्रम्ह्याणी खोलको तिरैतिरको बाटो कन्त बिजोग छैन। जब बलेफीको बाटो यात्रा शुरु हुन्छ मन कटक्क दुखेर आउँछ। चार दशक पहिले खनेको बाटोको दुरावस्था हेर्दा सबै राजनीतिक दलका नेताहरुको सम्झना राम्रैसँग आउँछ।

अवस्था नजुक भएपनि यो बाटोभने निकै भाग्यमानी बाटो हो। जहाँ सभामुख अग्निप्रसाद सापकोटाको घर यही बाटोमा पर्दछ। तिनचोटी यस क्षेत्रको जननिर्वाचित सापकोटा प्रचण्डको नजिकको मान्छे भनेरपनि चिनिन्छन्।

नेपाली काँग्रेसको प्रभावशाली नेता तथा पूर्व सूचना तथा संचर मन्त्री मोहनबहादुर बस्नेत यही बाटोमा ओहोरदोहोर गर्छ र यसै बाटोको शिरमा गाएर राम्रै भाषण ठोक्छन्। त्यति मात्र होइन यही क्षेत्रको जननिर्वाचित संसाद बागमती प्रदेशका उद्योग, बन तथा वातावरण मन्त्री सरेश नेपाल, पूर्व मन्त्री अरुण नेपाल यही बाटोमा हिँड्न मन पराउँछन्।

जुगल गाउँपालिका मात्र होइन राष्ट्रिय गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ त झन दिनको ३ चोटीसम्म ओहोरदोहोर गर्छ। केदर क्षेत्री, सबैको सामु चिरिपरिचित, एमालको प्रभावशाली नेता यही बलेफी गाउँपालिकाका अध्यक्ष हुन् साथै थुप्रैथुप्रै नाम चलेका हस्तीहरु यही बाटोमा मोबाइल निकाल्दै फोटो खिच्दै हिँडिन्छ।

यो बाटोमा यात्रा गर्दा यी ब्यक्तिहरुको नाम सजिलैसँग याद आउँछ यसार्थ यो बाटो निकै भाग्यमानी रहेको छ। जलबिरेदेखि चनौटेसम्मको ५५ करोडको काम गतबर्षनै सम्पन्न हुनुपर्ने तर खै त? सबैतिरको सूचनाअनुसार प्रमुख लापर्वाही ठेकेदारका देखियो। ठेकेदारलाई केही नेताहरुलेनै संरक्षण गरेको आरोपनि लागिरहेको छ।

बेलेफी जलबिरेकोपनि हालत र अवस्था त्यस्तै होरे। तर विश्वास मरिएको छैन निकट भविश्यमा नै महँगो महँगो मोबाइलहरु पिच बाटोमा सरर गाडी कुदेको फोटो भिडियोहरु कैद गर्न काम लाग्नेछ।

सबै हस्तीहरुको नाम हउभाउ सम्झिदै यो दुराअवस्था बाटोलाई मुस्किलले पार गर्दै जुगल गाउँपालिकाको कार्यालय ढाँडे पुग्यो। शायद भुगलले पनि ठगेको ठाउँ भन्नुपर्छ। पालिका कार्यालय निरकै बाटोमा हाम्रो गाडी झण्डै आधा घण्टा हिलोमा पौडिनुपर्यो। मुख्य बाटोमै यस्तो बिजोग झन माथि कस्तो होलाभनि स्कार्पियो चालक बिनोद भट्टराईले गाडी गुडाउन मानेनन्।

जर्बजस्ती गर्नपनि गाह्रो कुरा थियो। टिमको साथी जेरीको रोड कम्युनिटी हेल्थ सेन्टरका एमडी आशिष पाख्रीनले निकै होशियारपुर्वक सम्झाईबुझाइ गरेपछि चालकले गाडीलाई अगाडि बढाए। जब मुख्य बाटोलाई छाड्दै हामी दायाँतिर उकालो मोडियो बाटो पिच थियो। सबैको मुहारमा खुशी नहुने कुरै रहेन। २ मिनेट गाडी के हुइँकिएको थियो पिच सकियोरे..हाहा..।

पिच सकियो र अगाडि बढ्यो तयबिषेक मुख्य बाटोभन्दा अगाडिको बाटो राम्रो थियो। करिब ११ बजेको थियो राम्चे गाउँमा हाम्रै माइली दिदीले बिहानको खाना तयार पारेर राखिएको थियो। राम्चेमै उत्पादन भएको डल्ले खोर्सानीसँगको खाना निकै स्वादिलो थियो।

पूर्व सूचना अनुसार जम्मा भएका हाम्रो पर्खाइमा रहेका बिरामीहरुलाई गाह्रो होला भनेर हामीले समयलाई खेर फालेनौं। राम्चे गाउँबाट करिब १ घण्टाको उकालोपछि पुगिने निकै सुन्दर बस्ती बराम्ची हुँदै हामी अगाडि बढ्यो । एक ठाउँमा हामीभन्दा अगाडि हिडेका बोलेरो गाडीको पत्ता भाँचेर बाटो अवरुद्ध थियो। गाउँलेसँग कादोलो मागेर बाटो बनाएर अगाडी बढ्यो।

ठाउँ ठाउँमा माथीबाट ढुँगा झरेर बाटो अबरुद्ध थियो र ढुँगा पन्छाउदै हामी आजको गन्तब्य जुगल छ हाप्रमा पुग्यो। तोकिएको समयभन्दा केही ढिला भइसकेको थियो। बिरामी भएकाहरुलाई मात्र खबर गरेकोले मान्छे त्यती भिडभाड थिएन। सबै कुराको तयारीपछि थालिएको चेक जाँच र औषधि बितरण गर्न ६ बजेसम्म लागेको थियो।

दुधे वालका देखि ७८ बर्षसम्मका बिरामीहरु जम्मा ५२ जना उपस्थित रहेको थियो। ५२ जनामा ३३ जनामा कोरोना सिम्टम्स थियो भने ७ जना गम्भिर अवस्थाको थियो। सोचेको भन्दा धेरै कोरोना सिम्टम्स देखिएपछि हाम्रो टिम निकै गम्भिरपनि हुनपुग्यो। आफूपनि चेक गर्नकै लागि यहाँका युवा नेता तथा समाजसेवी मिनबहादुर श्रेष्ठपनि आएको थियो र हामीले केही प्रश्न गर्यो।

उहाँको जवाफ थियो वडा भरिका लागि सभामुखले १५ सय र समाजसेवी इश्वर गुफाज्युले २७ सय माक्स र केही श्यानीटाइजर पठाएको थियो र म आफैले सबै गाउँमा बितरण गरेको जानकारी दियो। तर कसैले माक्स लगाएको थिएन र नदेखिएपछि हामीले प्रश्न गर्दा माक्स त छ तर हामीले लगाएका छैनौ भन्दै थियो। माक्स लगाउँदा झनै गाह्रो हुने उनीहरुको जवाफ थियो।

यी दुई चारवटा माक्स बाँडेर के हुन्थौर भन्दै आफै मिनबहादुरको पनि सरकार र अन्य ब्यक्तिहरुप्रति आक्रोस र गुनासो थियो। कोरोना लाग्नबाट बच्न र संक्रमण भइ सकेकालाई इम्युनिटी पावर बढाउन सबैखालका औषधि बितरण गरेपछि गम्भिर बिरामीलाई फलोअफ गर्ने बाचाका साथ टोली बेलुकी ७ बजे हगाममा पुग्यो।

यो लेख तयार गर्दैगर्दा एक गम्भिर बिरामी कुमारी श्रेष्ठलाई फोनमार्फत जानकारी लिएको थियो। केही सुधार भएको तर अलि भमिट हुदैछ भनेर जानकारी गरेको थियो। हगाममा बेलुकीपाखा सुनसान थियो। हगाममा निकै धेरै बिरामी रहेको जानकारी अनुसार हामीले आफ्नो सुरक्षाको निम्ति अन्त कहिँ हिड्डुल गरेनौ र बेलैमा खाना खाइवरी सुत्यो।

७२ को भूकम्पले ध्वस्त गाउँका सबै घरहरु जस्ताले छाएका छन् र हाम्रोपनि त्यस्तै। रातभरि जस्तो पानी परिरह्यो। जस्तामा पानीको धर्केले निदाउन मुस्किलनै थियो । केही घण्टाको सुताइपछि बिहान ४ बजे उठ्यो। थर्मसमा रहेको तातोपानी पिउँदै ठिक ५ बजे गाउँ डुल्न निस्कियो।

गाउँभन्दा केही पर रहेको सार्वजनिक धारामा मुख धोइ गाउँको माथिल्लो टोलमा लागियो। खेतमा धान रोप्ने कामले गर्दा होला निन्द्रबाट गाउँका सबैजना जागिसकेको थियो। केही दिन अगाडि सुनेअनुसार सबै मान्छेहरु बिरामी हुनसक्छ भनेर सबै घरका मान्छेहरुसँग सन्चोबिसन्चो के छ भनि खबर लिन लागियो। चिया नास्ताका लागि अनुरोध गर्दै थियो तर त्यसो गरेन र एक घरमा चाँही उनको अनुरोधलाई नकार्न नसकेर पानी पिउँने निधो गरेँ र घरमा छिरेँ।

तातोपानी पिउँदै घरका मान्छे अर्थात हेमसिंगे लामासँग अलि बाक्लो कुराकानी गरे। केही दिन अगाडि अधिकाँश मान्छेहरु निकै बिरामी भएको रहेछ तर रोग के हो थाहा भएन सिम्टम्सचाहिँ कोरोनाकै थियो। भन्दा मजाक लाग्न सक्छ उसले भन्यो कोरोनाको औषधित रक्सिपो रहेछ। उसले अगाडि भन्यो मलाईपनि कोरोना लागेको थियो दुइ तिन दिन त चलमलनै नगरि सुतियो। खानाको स्वाद ठ्याम्मै थिएन।

अब योभन्दा बढि सुत्योभने म मरिन्छ भनेर साथीहरुसँग च्याउँ खोच्न जंगलतिर लाग्यो। पेटमा खाना थिएन हिड्न सक्ने कुरानै भएन। एकजना साथीले खाजाका लागि मकैको हुरे (छ्याङ) ल्याएको थियो।

ज्वरो आउँदा रक्सीजन्य चिज पिउँदा दोख लाग्छ भन्ने थियो। पेट खाली थियो मुखामा स्वाद थिएन जेसुकै होसभनि एक बट्का मजाले खायो। ज्वरोमा खाना हुन्न भन्ने ज्ञान थियो फेरिपनि खाइदियो। हुरेको मातले होला यताउति गरियो र घरमा आइयो र फेरि घरमा एक डबका खाइदियो।

उसले भनियो रातभरि डराउदै सुते भोलीपल्ट त निकै फ्रेशपो भएछु। कोरोनाको सिम्टम्स देख्ने साथीभाइहरुलाई सबैलाई रक्सिनै यसको औषधि भनेर जानकारी गराइएकोरे। संयोग हुनसक्छ निको भएछरे। मलाईपनि सोच्न बाध्य बनाइयो कि सेनिटाइजरले भाइरस मार्छ यो मलाई थाहा छ श्यानीटाइजरमा बढि मात्रमा अल्कोहलनै प्रयोग गरेको पाइयो।

त्यसोत के पेटभित्र अल्कोहलले सेनिटाइजरको काम गरेको हो त? यो अप्रमाणित कुरालाई मैले स्वीकार्न सकिएन र रमाईलो गफगाफपछि म निस्कियो। सबै जानकारी र चियाको लागि हार्दिक धन्यबाद। घरमा आइ बिहानको खाना खाइ दोस्रो दिनको तयारीका लागि क्याम्प साइडमा लाग्यो।

बिरामीलाई मात्र खबर गरिएको थियो र जम्मा ४८ जना क्याम्पमा आइपुगेको थियो। उपलब्ध सामग्रीको सहयोगमा सबैजनाको चेक जाँच गरि औषधि बितरण गरियो। अघिल्लो दिनको तुलनामा कोभिड सिम्टम्स अलि कम थियो। ४८ जनाको चेकजाँचमा २२ जना कोरोनाको सिम्टम्स देखिएको थियो भने ५ जना अलि गम्भिर देखिएको थियो।

६ महिने वालकदेखि ७८ बर्षसम्म उमेरको चेकजाँच र औषधि बितरण क्रममा भेटिएका बिरामीलाई आइसोलेशन जाने सल्लाह दिँदा हामी नजाने र आइसोलेशन गयोभने मरिन्छरे भन्ने जवाफ दिइरहेको थियो। यसको यथार्थ के हो र जिम्मेवारी को हो? यो सोचनिय बिषय थियो। हगाममा चेकजाँच गर्ने क्रममा अघिल्लो दिनहरुभन्दा बिरामीहरु निकै सुधार भएको पाइयो र बाँकी बिरामीहरुपनि बिस्तारी सुधार हुने क्रममा रहेको पाइयो।

जेरीको रोड हेल्थले केही दिन अगाडी सिटामोल र भिटामिनहरु बितरण गरेको थियो र यस संस्थाले बिगत २ बर्षदेखि गाउँका बिरामीहरुलाई चेकजाँच र उपचार गर्दै आएको छ। हाम्रो टिममा सहभागी एच.ए. बर्णबास पण्डित र अन्य साथीहरु छलफल गर्दा यो उच्च ठाउँमा पर्याप्त अक्सिजनलेपनि बिरामीलाई ठिक हुन सहयोग गरेको अनुमान गरियो।

कोरोना सिम्टम्स देखिएको वा नदेखिको दुइ जिउँकी महिला बाहेक सबैलाई बराबर औषधि बितरण गरियो। ३ बजे क्याम्पमा काम सकाएर हामी बास्थानतिर लागियो।

बेलुकीको खानापछि केही समय गाउँका अगुवा साथीहरुसँग बिगत, बर्तामान र भविष्यका केही कुराकानी गरि सुतियो। आजपनि उस्तै छिनछिनमै पानी परिराख्ने । फेरिपनि निदाउनै पर्यो। आज बिहानै उठेन। बुबालाई रेडियो सुन्न एकदमै मनपर्ने। बिहानको ६ बजेको थियो।

सिन्ध एफएमका समाचारदाता टिका दाहलले मेलम्चीमा बाढी पहिरो र कयौंको बेपत्ता भनेर समाचार वाचन गर्दै थियो। निकै दुखित बनायो। आफूले चिन्ने साथीहरु झलझली याद आउन थाल्यो। बिशेषत केही दिन अगाडि मात्र २३ करोडको लगानीमा निर्माण सम्पन्न गरेको सुविधा सम्पन्न मेलम्ची हेरिटेज होटल र संचालक सागर श्रेष्ठ।

फोन गर्ने आँट आएन। पछि सामाजिक संजालमा हेर्दा होटल बगरमा विलिन भएको पाइयो। प्रत्येक बर्ष सिन्धुमा किन यो प्राकृतिक बिपत्ति? तेस्रो दिनको गन्तब्य थियो बिसिंघर। अलि चाँडै खान खाएर हामी गन्तब्यतिर लागियो। बिरामीहरुलाई चेकजाँच गर्ने तालिका रहेतापनि मेलम्चीको घट्नाले यतापनि बाटो ब्लक होला भनि हामीलाई त्रसित बनाएकोले काठमाण्डौ फर्किन अलि हतार गरियो र बिसिंघरमा बिरामीलाई बितरण गर्ने भनिएको औषधि हगाम स्वास्थ्य चौकीका सदस्य सचिव सुस्मिता तामाङलाई जिम्मा लगाएर हामी काठमाण्डौ फर्कियो।

केही दिन अगाडि वडापालिकाको बिशेष पहलमा कोरोनाको परिक्षण गर्दा ९९ प्रतिशत कोरोना संक्रमित देखिएको थियो र पछि पच्चिस तिस जनाभन्दा बढिको परिक्षण गर्न सकिएको छैन। वडा अध्यक्ष जंग तामाङसँग सम्पर्क गर्दा केही दिन अगाडि परिक्षण गर्दा ९५ प्रतिशत पोजिटिभ आएको र पोजिटिभ आउनेहरुले अनुशासनको पालना नगरेकोले थप मान्छेहरुलाई परिक्षण गर्न खासै जाँगर नचलेको र यसरी लापर्वाही गरेमा कुनैपनि बेला भयवह हुनपनि सकिन्छ भन्ने चिन्तापनि ब्यक्त गर्छ।

अध्यक्षको भनाइ अनुसार वडाभरि हेर्ने जिम्म हगाम स्वास्थ्य चौकीलाई दिएको र बेलाबेलामा हगाम स्वास्थ्य चौकीका कर्मचारी गाउँ डुल्ने गरेको दाबी थियो । तर गाउँतिर हाम्रो टिमले त्यो जानकारी त पाइएन गाउँलेले ढाँटेउ या स्वास्थ्य चौकीले ढाँटेउ उनीहरुनै जानुन्।
यहि बिषयमा गाउँपालिकाका योजना अधिकृत रामवाबु नेपालसँग फोनमार्फत जानकारी लिएको थियो।

पालिकाले श्री रत्नराज्य मा.बि.मा आइसोलेशनको ब्यवस्था गरिएको छ र गाउँमा कोही गम्भिर बिरामी भएमा एम्बुलेन्स पठाएर आइसोलेशन सेन्टरसम्म ल्याउन ब्यवस्था गरिएको छ। यो कार्य कतिको ब्यबहारिक र परिणाममुखी हुदैछ उहाँहरुनै जानुन्। मैले जानकारी पाएअनुसार निकै कम मान्छे आइसोलेशनमा छन्रे । सम्बन्धित निकायको ध्यान जाओस्।

प्रत्येक दिन जसो फलनाको पहलमा यो गर्यो त्यो गर्यो भनेर बितरण गरिएको सामग्रीभन्दा समाजिक संजालमा चर्चापरिचर्चा कमाउन तल्लिन ती सहयोगी हातहरु बिरामीले थल्लिएका गाउँमाबस्तीमा गइ वास्तविकताको पहिचान गरि आवश्यक सहयोगनै अहिलेको आवश्यकता देखियो।

स्वस्थ्य रहनु, सुरक्षित रहनु, खुशी रहनु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *