राजकुमारी एमालियाले पारिश्रमिक नलिने, आउँदो डिसेम्बरदेखि पारिश्रमिक दिन सुरु गरिँदै थियो

डिसी नेपाल
५ असार २०७८ १०:२२

काठमाडौं। नेदरल्याण्डको राज सिंहासनकी उत्तराधिकारी राजकुमारी एमालियाले सरकारले आफूलाई दिने भत्ता लिन अस्वीकार गरेकी छिन् । नियमअनुसार उनलाई आगामी डिसेम्बरदेखि वार्षिक १.९ मिलियन डलर पारिश्रमिक दिने तयारी थियो । तर एमालियाले यो लिन अस्वीकार गरेकी छिन् ।

एमालियाका अनुसार उनी आगामी डिसेम्बर ७ का दिन १८ वर्षकी हुनेछिन् र कानुनअनुसार उनलाई भत्ता दिइनेछ तर उनी त्यतिबेलासम्म यो भत्ता लिन असहज छिन् जबसम्म उनी यो भत्ताको बदलामा केही गर्दिनन् । एमालियाले आफ्नो निर्णयबारे नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई पत्रमार्फत जानकारी दिएकी छिन् ।

एमालियाले पत्रमा अहिले कठिन समइ भएको र खासगरी कोरोनाको बीचमा विद्यार्थीका लागि धेरै कठिनाइ भएकोले आफूले कलेज पूरा गर्दा सम्म आफूलाई पुर्ख्यौली रुपमा प्राप्त यो अधिकारको त्याग गरेको बताएकी छिन् । एमालिया नेदरल्याण्डका राजा अलेक्जेन्डरकी छोरी हुन् । हालै उनले आफ्नो हाइस्कुल ग्रयाजुएसन पूरा गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *