मस्कोमा कोरोना संक्रमणका रेकर्ड केस
मस्को (एजेन्सी)। शुरुमा एकै दिन १७ हजार ९०६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। बीबीसीका अनुसार मस्कोमा मात्र एकै दिन ९ हजार १२० नयाँ केस फेला परेका छन्। बीबीसीले यो तथ्यांक कीर्तिमानी भएको बताएको छ।
योसँगै रुसमा कोरोना संक्रमितको संख्या ५२ लाख ९९ हजार २१५ पुगेको छ। यस्तै सरकारी एजेन्सी कोरोना भाइरस टास्कफोर्सले ४६६ जनाको मृत्यु भएको जनाएको छ। रुसमा हालसम्म कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार ९११ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment