जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

डिसी नेपाल
६ असार २०७८ ६:३३

संखुवासभा। न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः रोक लगाउँदै आएको छ । जिल्ला प्रशासनले विवाह समारोहमा १५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन नै दिएको छ । तर, पनि यातायात सुविधा भएको ठाउँमा दुलाहाले सकेसम्म दुलही ल्याउन गाडीकै प्रयोग गरेको देख्न सकिन्छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–८ का एक व्यक्तिले भने कोरोना संक्रमणबाट जोगिन र निषेधाज्ञाका कारण मोटरसाइकलमै बेहुली भिœयाएका छन् । खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले कोरोना भाइरसको त्रास र निषेधाज्ञाका कारण बिनातामझाम मोटरसाइकल चढाएर बेहुली भिœयाएका हुन् । उनी बेहुली लिन धर्मदेवीको आँखीभुइँ गएका थिए ।

कोरोना भाइरस संक्रमणको त्रास र निषेधाज्ञाका कारण आफूले सामान्य तरिकाले गरेको दुलही ल्याएको सन्तोषले बताए ।
दुलाहा सन्ताषले धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । यसका लागि उनी पाँच सात जना आफन्तसहित बेहुलीको घर पुगेका थिए ।

कोरोना भाइरसका त्रासका कारण दुवैतिर थोरै व्यक्ति भेला भई विवाह सम्पन्न भएको उनले बताए । संखुवासभामा हालसम्म १ हजार ५ सय ९४ जना कोरोना संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *