अमेरिकामा पशुपति– बौद्ध मन्दिर बनाउने योजना कहाँ पुग्यो ?

डिसी नेपाल
६ असार २०७८ २३:२५

वासिङ्टन (एजेन्सी)। अमेरिकामा रहेका नेपालीहरुको संस्था नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर (एनईसीस)ले अमेरिकामा नेपाली शैलीमा पुशपति तथा बौद्ध मन्दिर बनाउने प्रयास गरेको २ दशक भएको छ। यो दुई दशकमा एनईसीसीले जग्गा खोजीमै बिताएको भने मन्दिर निर्माणका लागि हाल एक जग्गा खरिदको अन्तिम प्रक्रियामा रहेको छ।

एनईसीसीका सभापति सरोज प्रजापतीले शनिबार एक विज्ञप्ति जारी गर्दै मन्दिर निर्माणका लागि भएका कामहरुबारे जानकारी दिएका छन्। उनका अनुसार यसअघि मन्दिर निर्माणका लागि तोकिएको वेल्सभिलको जग्गा अनुपयुक्त भएको छ।

त्यसैले एनईसीसीले नयाँ जग्गाको खोजी गरेको छ। सभापति प्रजापतीका अनुसार 22022 Ridge Germantown, MD 20876 मा जग्गा किन्ने अन्तिम तयारी भएको छ। वेल्सभिलको जग्गामा ६० जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने गरीमात्र निर्माण गर्नुपर्ने भएकाले सो जग्गा उपयुक्त नभएकाले अर्को जग्गा खोजिएको प्रजापतीले जानकारी दिएका छन्। उनले नयाँ जग्गा खरिदका लागि प्रक्रियामा रहेको जानकारी दिँदै अहिले खोजिएको भन्दा उपयुक्त जग्गा अर्को भेटिए सो जग्गा किन्न सकिनेसमेत बताएका छन्।

मन्दिर निर्माणका लागि १० लाख अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिइएको छ। हालसम्म २ लाख डर एनईसीसीसँग मौज्दात रहेको, ८ लाख डलर व्यक्तिहरुसँग ऋण लिने र ५ लाख डलर बैंकबाट ऋण लिने तयारी भएको जानकारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *