विश्वमा कोरोना संक्रमणदर घट्दो, २ लाख ८९ हजार थपिए, ३ लाख २१ हजार निको भए

डिसी नेपाल
७ असार २०७८ ७:०२

काठमाडौं। कुनै बेला अमेरिकामा र भारतमा एकै दिन तीनलाखसम्म कोरोना संक्रमित थपिनेगरेका थिए। पहिलो लहरका बेला अमेरिकामा दैनिक ३ लाखसम्म कोरोनाका विरामी थपिएका थिए भने दोश्रो लहर आएपछि भारतमा दैनिक तीनलाखसम्म कोरोनाका विरामीहरु थपिएको रेकर्ड थियो।

तर, पछिल्ला केहीदिन यता विश्वमा नै तीनलाखको वरीपरी कोरोना संक्रमित थपिन थालेका छन्। आजको तथ्याङ्क अनुसार विश्वमा २४ घण्टामा २ लाख ८९ हजार ८ य ६१ जना कोरोनाका संक्रमित थपिएका छन् भने ३ लाख २१ हजार २ सय ९९ जना निको भएर घर फर्केका छन्।

विश्वमो खोपको विकास भएपछि पनि भारतमा आएको दोश्रो लहरले भारत नेपाल लगायतका देशरुमा अनौठो रुप लिएको थियो। पहिलो लहरका बेला अमेरिका र ब्राजिल प्रभावित भएझै दोश्रो लहरमा भारत र नेपाल प्रभावित भए।

अहिले भारतको पनि संक्रमित थपिने संख्यामा कमी आएको देखिन्छ। पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार ९ जना कोरोनाका संक्रमित थपिएका छन्। ३९ करोड १० लाख १९ हजार ८३ नमुना परीक्षण गरिएकोमा भारतमा २ करोड ९९ लाख ३४ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट भारतमा हालसम्म ३ लाख ८८ हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा १ हजार बढीको मृत्यु भएको छ। हालसम्म विश्वमा ३८ लाख ८१ हजार ५ सय ३८ जनाको कोरोनाका कारण ज्यान गएको छ।

गत २४ घण्टामा अमेरिकामा ४ हजार ४ सय ४२ जना कोरोनाका संक्रमित थपिएका छन् भने ८६ जनाले ज्यान गुमाएका छन्। हालसम्म अमेरिकामा ५० लाख ७७ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेका छन्। सबै भन्दा बढी अमेरिकामा ६ लाख बढीले ज्यान गुमाए भने ३ करोड ४४ लाख ६ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा गत २४ घण्टामा ४४ हजार १ सय ७८ जना कोरोनाका संक्रमित थपिएका छन्। १ हजार बढीको कोरोनाबाट मृत्यु भएको छ भने ३६ हजार बढी निको भएर घर फर्केका छन्। ब्राजिलमा हालसम्म १ करोड ७९ लाख २७ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख १ हजार ९ सय १८ जनाले ज्यान गुमाउनु परेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *