साइकल कुदाएर १५ मिनेटमा चिया पुर्‍याइदिने युवकलाई १ लाख २० हजार रुपैयाँको पुरस्कार

डिसी नेपाल
७ असार २०७८ १३:०१

काठमाडौं। खाना डेलीभरी गर्ने एक युवकले साइकल कुदाएर १५ मिनेटमै चिया अर्डर गरेका सम्बन्धित ग्राहककहाँ चिया पुर्याइदिएवापत निकै महंगो उपहार पाएका छन् । ती डेलिभरी ब्वायले १ लाख २० हजार रुपैयाँ मूल्य पर्ने पुरस्कार पाए ।

भारतको हैदराबादको कोटीमा बस्ने रबिन मुकेश आइटी क्षेत्रमा काम गर्छन् । अहिले उनी घरबाटै काम गरिरहेका छन् । उनले अघिल्लो सोमबार बिहान १० बजेतिर जोम्याटोबाट चिया अर्डर गरेका थिए । बाहिर पानी परिरहेको थियो ।

रबिनले समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै भने ‘मेरो अफिसको समय सुरु भएको थियो र मैले जोम्याटोबाट चिया मगाएको थिएँ । एपमा मैले मेरो लागि चिया लिएर हिँडेका मोहमद अकिल नामका डेलीभरी ब्वाय त्यतिबेला मेहदीपटनममा भएको देखें । त्यसको १५ मिनेटभित्रै मलाई डेलीभरी ब्वायको फोन आयो । मोहम्मद अकिल नामका यी व्यक्तिले मलाई अर्डर लिन तल बोलाए ।’

रबिनका अनुसार ती डेलीभरी ब्वाय निकै भिजेका थिए तर आश्चर्यजनक रुपमा त्यति धेरै पानी परिरहेका बेला उनी यति टाढा केवल १५ मिनेटमा अर्डर लिएर आएका थिए । रबिनले उनीसँग साइकलमा यति छिटो कसरी डेलिभरी गर्न सक्यौ भनेर सोधे । जवाफमा अकिलले आफूले विगत १ वर्षदेखि यसरी नै साइकलमा डेलीभरी गरिरहेको बताए ।

अकिल इन्जिनियरिङ पढ्दै छन् । अकिलको मेहनतबाट प्रभावित रबिनले उनलाई सहयोग गर्ने सोच बनाए । अकिललाई सोधेर उनको फोटो लिए । रबिनले त्यसपछि एक फुट एण्ड ट्राभल फेसबुक पेजमा अकिलको तस्वीरसहित उनको कथा पोस्ट गरे ।

यो पोस्ट निकै भाइरल भयो र रबिनलाई म्यासेज आउन थाले । धेरैले अकिललाई सहयोग गर्ने इच्छा जनाए । रबिनले अकिलसँग यसबारेमा सोध्दा अकिलले मोटरसाइकल भए आफूलाई डेलीभरी गर्न निकै सजिलो हुने बताए ।

अकिलका पिता चप्पल बनाउने काम गर्छन् र महामारीका कारण उनको काम बन्द भएको छ । यही कारण २१ वर्षका अकिल घरको जिम्मेवारी पूरा गर्न काममा निस्किएका थिए । अकिलका अनुसार जस्तोसुकै मौसममा उनी दैनिक ८० किलोमिटर यात्रा गर्छन् । उनले दैनिक २० अर्डर डेलीभरी गर्छन् ।

त्यसपछि रबिनले अकिलको लागि पैसा उठाउन सुरु गरे । केही दिनमै अकिलको लागि ७३ हजार रुपैयाँ जम्मा भयो । अमेरिकामा बस्ने एउटी महिलाले एक्लै ३० हजार दिएकी थिइन् । पोस्ट निकै भाइरल भइरहेको थियो र त्यसमा सहयोग आइरहेको थियो त्यसैले पनि त्यसलाई बन्द गरियो ।

अकिलका लागि त्यतिबेलासम्म जम्मा भएको पैसाले टिभिएस एक्सएल मोटरसाइकल किनियो । यसका अलावा कोरोनाकालको लागि आवश्यक सामानहरु मास्क, सेनिटाइजर, हेल्मेट लगायत पनि उपलब्ध गराइयो । सबै गरेर बाँकी रहेको ५ हजार रुपैयाँ उनको कलेजको शुल्कको लागि प्रयोग गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *