टाट पल्टिएका अनिल अम्बानीका दिन फर्किए, कम्पनीहरुको शेयरमा १ हजार प्रतिशत उछाल

डिसी नेपाल
७ असार २०७८ १७:१५

काठमाडौं। एक दशकअघि अर्बपति रहेका तर पछिल्ला केही वर्षयता ओरालो लाग्दै गएर गतवर्ष आफैं टाट पल्टिएको घोषणा गरेका भारतीय व्यवसायी अनिल अम्बानीका दिन फर्किन थालेको देखिएको छ । अनिल अम्बानी नेतृत्वको रिलायन्स ग्रुपको बजार पूँजीकरणमा पछिल्लो ३ महिनाभन्दा कम समयमा १ हजार प्रतिशतभन्दा बढीले उछाल आएको छ ।

बिजनेस टुडेका अनुसार उनका कम्पनीको बजार पूँजी मार्च महिनामा ७३३ करोड थियो जून १८ सम्म आइपुग्दा कम्पनीको मार्केट क्यापिटलाइजेसन ७३३ करोडबाट बढेर ७ हजार ८६६ करोड पुगेको छ । मे महिनामै उनको कम्पनीको मार्केट क्याप ३ हजार ८९० करोड पुगेको थियो । रिलायन्स ग्रुपका कम्पनीहरु रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स पावर र रिलायन्स क्यापिटलको मार्केट क्याप पछिल्ला २० ट्रेडिङ दिनमा १०० प्रतिशत भन्दा धेरैले बढेको छ ।

रिलायन्स पावरको मार्केट क्याप ४ हजार ४४६ करोड पुगेको छ । रिलायन्स इन्फ्रास्ट्रक्चरको २ हजार ७६७ करोड र रिलायन्स क्यापिटलको ६५३ करोड पुगेको छ । यी कम्पनीका करिब ५० लाख खुद्रा लगानीकर्ताहरु छन् जसले यो बजार उछालपछि केही नाफा कमाएका छन् । रिलायन्स पावरका करिब ३३ लाख, रिलायन्स इन्फ्रास्ट्रक्चरका करिब ९ लाख र रिलायन्स क्यापिटलका करिब ८ लाख खुद्रा शेयरहोल्डर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *