अन्तर्राष्ट्रिय उडानमा चर्को भाडाबारे छानविन गर्न समिति गठन

डिसी नेपाल
७ असार २०७८ १९:३७
812
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा लिएर यात्रुमाथि ठगी गरेको चर्चा भइहरेका बेला यो विषयमा छानबिन गर्न एक समिति गठन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले सोमबार एक छानविन समिति गठन गरेको हो।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले छानविन समिति गठन गरिएको जानकारी दिए। उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको बताए।

अन्तर्राष्ट्रिय उडानमा यात्रुहरुले सामान्यभन्दा तीन गुणा बढी भाडा तिर्नु परेको चर्चा छ। केही ट्राभल एजेन्टहरुले आफूखुशी भाडा असुलेको भन्दै छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *