राससको महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय

डिसी नेपाल
७ असार २०७८ २०:५३

काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धनकुटाका राईलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

हालको सहिदभूमि गाउँपालिका तथा साबिक छिन्ताङ गाउँ विकास समितिमा जन्मिएका राई लामो समयदेखि पत्रकारीतामा आबद्ध थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *