सुनसान मन्त्रालयमा ‘व्यस्त’ मन्त्रीहरु

रिता बस्नेत
८ असार २०७८ ९:००

काठमाडौं। दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै सरकारले गत बैशाख १६ गतेदेखि उपत्यकामा अत्यावश्यक सेवा र तोकिएका क्षेत्रबाहेकमा निषेधाज्ञा लगाएको थियो, जुन हप्तैपिछे थप गर्दै अहिलेसम्म जारी छ। निषेधाज्ञामा शैक्षिक संस्थाबाहेक सबै सरकारी कार्यालय पनि आलोपालो र न्यूनतम जनशक्तिबाट सञ्चालन हुँदै आएका छन्।

तर, आज (मंगलबार) बाट बैशाख १६ गतेसम्म गरिने निषेधाज्ञा भने केही खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो भएको एक दिन अघि सिंहदरबारको अवस्थालाई नियाल्दाको दृष्यलाई डिसी नेपालले प्रस्तुत गरेको छ।

कोरोनाको कहरले एकातिर सिंहदरबारस्थित मन्त्रालयहरुमा कर्मचारी आधा पनि हाजिर भएको देखिँदैन भने अर्कोतिर मन्त्रालयमा भेटघाटमा आउनेहरुको पनि घुइँचो निकै कम देखिन्छ।

कतिपय मन्त्रालयमा कोरोनाको कारण हाललाई भेटघाट बन्द गरिएको छ भनि सूचना टांसिएको देखिन्छ भने कतिपय ठाउँमा मन्त्रीको नेमप्लेटमा व्यस्त भनी जनाइएको पाइन्छ।

तर, न्यूनतम जनशक्तिबाट सञ्चालन हुँदै आएका मन्त्रालयका मन्त्रीहरु भने जतिबेलै व्यस्त देखिन्छन्। बाढीपहिरोका कारण विदेशी सहायता माग्नु परेकोले हो कि, किन हो खानेपानी, श्रम, परराष्ट्र लगायतका मन्त्रीहरु विदेशी दातृ निकायका प्रमुख वा राजदूतहरुसँग प्रत्यक्ष भेटघाट वा जुम मिटिंङमा व्यस्त रहेको देखिन्थे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *