५२ हजार बढी सक्रिय संक्रमित, ३७ जिल्लामा ५०० भन्दा बढी

डिसी नेपाल
८ असार २०७८ १७:२८

काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा १६ हजार ९१३ नमूना परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २०४ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा र ४ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ८१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमण दर १९.१ प्रतिशत रहेको छ।

यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख २३ हजार ६४३ पुगेको छ । ती मध्ये पाँच लाख ६४ हजार ८८२ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ९०.२ प्रतिशत हो ।

आज ४ हजार ९५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ८१३ जनाले ज्यान गुमाएका छन्। हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ ।

३७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

देशभरका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।

प्रदेश नं.१ मा झापा, मोरङ र सुनसरी , प्रदेश नं. २ मा सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सा, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ र म्याग्दी, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा उदयपुर, पाँचथर र संखुवासभा, प्रदेश नं. २ मा रौतहट, सप्तरी र सर्लाही तथा वाग्मती प्रदेशमा रामेछाप जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, तनहुँ, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा अर्घाखाँची, रोल्पा र गुल्मी, कर्णाली प्रदेशमा दैलेख, सल्यान, जुम्ला र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा डोटीमा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *