अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि – Dcnepal

अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि

काठमाडौं। सरकारले आन्तरिक तगा अन्तर्राष्ट्रिय हवाई सेवालाई नियमित गर्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उडान तालिका सार्वज्निक गरेको छ। मन्त्रालयले बुधबार असार १७ बाट आन्तरिक उडान गर्ने तालिका सार्वजनिक गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु गर्ने निर्णय गरेको थियो। तर, स्वास्थ्य मापदण्ड पूरा गरी सेवा दिनुपर्ने नियम बनाइएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रालयले हवाई सेवाका लागि तयारी शुरु गरेको हो। कोरोना महामारीका कारण आन्तरिक उडानमा विमानले पूर्ण क्षमताभन्दा ५० प्रतिशत कम अकुपेन्सीम सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।

अन्तर्राष्ट्रिय हवाई सेवा बिहीबारबाटै उडान शुरु हुनेछ मन्त्रालयले जनाएको छ। मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो