बर्दियामा ब्राउन सुगरसहित एकजना पक्राउ

डिसी नेपाल
९ असार २०७८ २२:४२

बर्दिया । बर्दियामा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटीएको गस्ती टोलिले बर्दिया मधुवन नगरपालीका ५ ऐलानि भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा अन्दाजी २२ बर्षका किरण थापा मगरलाई बुधबार पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिडिरहेका मधुवन नगरपालिका ५ बस्ने मगरलाई खानतलासी गर्दा हाफ पाईन्टको खल्तीमा लुकाईराखेको अवस्थामा १ ग्राम ९४० मिली ग्राम ब्राउन सुगर फेला परेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

उनलाई लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *