रोजगारसम्बन्धका धेरै काम अध्ययनको अवस्थामै थिएँ : निवर्तमान श्रममन्त्री श्रीवास्तव

रिता बस्नेत
१० असार २०७८ १०:४४
148
Shares

काठमाडौं। निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवले मन्त्रालयमा बसेर काम गर्ने भन्दा पनि अध्ययन गर्दैमा समय बितेको बताएका छन्। अन्य मन्त्रीसँगै सर्वोच्च अदालतको फैसलाबाट तीन हप्ता नपुग्दै श्रम मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएकाले उनले थोरै समयमा कामहरु गर्ने भन्दा पनि अध्ययनकै अवस्थाका रहेको बताएका हुन्।

गत जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक फेरवदल गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भित्र्याउँदा श्रीवास्तव श्रममन्त्रीमा नियुक्त भएका थिए। तर यही असार ८ गते सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रीमण्डल विस्तारलाई बदर गरिदिएपछि श्रीवास्तव सहित २० मन्त्री पदमुक्त भएका थिए।

पदमुक्त भएका उनै तत्कालिन श्रममन्त्री श्रीवास्तवलाई आफ्नो १९ दिने कार्यकालमा रोजगारीसम्बन्धमा के कस्ता काम या निर्णयहरु गर्नु भयो भन्ने जिज्ञासामा उनले भने, ‘साधारणतया अध्ययन गर्दैमा समय बितिगयो।’

साथै, सामाजिक सुरक्षा कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका धेरै काम गर्ने सोच भएको भन्दै उनले अन्य जे जति काम भयो त्यसको रेकर्ड आफूले नराखेको जानकारी गराए।

कुनै वैदेशिक रोजगारीसम्बन्धमा श्रम सम्झौता लगायतका निर्णयहरु गर्नु भयो कि भन्ने डिसी नेपालको जिज्ञासामा उनले भने, ‘काम त गरिएको हो । हामीले कतार, जापान, इजरायल, कोरियाको विषयमा केही कामहरु गरियो। यो सबै जे जति गर्यो सबै सचिवसँग छ। मैले काम गरेको रेकर्ड राखेकै छैन्, भर्खर सुरुमै यो गर्छु त्यो गर्छु भन्ने कुरामा अध्ययनमै थिए।’

उनले आफूले सचिवबाट आएको कामलाई सदर गरेर कार्यान्वयन गरेकोले उक्त अवधिमा के कति काम भए भन्ने विषयमा सचिवलाई सम्पर्क गरे राम्रो हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *