दुबइमा श्रीमतीलाई ११ पटक चक्कु हानेर रक्ताम्य लाशको फोटो खिच्ने नेपालीलाई जन्मकैद

डिसी नेपाल
१० असार २०७८ १३:०३

काठमाडौं। युएइको दुबइमा एक जना नेपालीलार्य आजीवन कारावासको सजाय सुनाइएको छ । दुबइ क्रिमिनल कोर्टले उनलाई आफ्नी श्रीमतीको पूर्वनियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरी यस्तो सजाय सुनाइएको हो । उनले आफ्नी श्रीमतीलाई दुबइमा उनी बस्ने घरको ढोकामा चक्कुले ११ पटक हानेर मारेका थिए ।

उनले श्रीमतीलाई टाउको, छाती, घाँटी र पेटमा चक्कु हानेका थिए । अब उनले कम्तीमा २५ वर्ष जेलमा बस्नुपर्नेछ किनकि दुबइमा कुनै पनि दोषीलाई अधिकतम २५ वर्षसम्म मात्रै जेलमा राख्न सकिने कानुन छ र आजीवन कारावास भनिए पनि बढीमा २५ वर्षसम्म मात्र हुन्छ । सजाय पूरा गरेपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ ।

पुलिस रेकर्डलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएअनुसार हत्याको घटना २०२० को सेप्टेम्बर २५ का दिन भएको थियो । त्यसपछि उनलाई शेख जायद रोडमा २१औं सेन्चुरी टावर बाहिरबाट पक्राउ गरिएको थियो । उनले २०१९ मा पीडित महिलासँग बिहे गरेका थिए । गत वर्षको जूनमा उनले आफ्नी श्रीमतीको अवैध सम्बन्ध रहेको साथहिरुबाट थाहा पाएका थिए ।

घटनाको दिन उनले कैयौं पटक आफ्नी श्रमितीलाई अवैध सम्बन्धबारे कुरा गर्न फोन गरेका थिए तर उनीसँग भएका अर्का एक पुरुषले फोन उठाएर आफूहरुलाई डिस्टर्ब नगर्न भनेका थिए । उनले पछिल्लो पटक श्रीमतीलाई बेलुकी करिब ६ बजेतिर फोन गरेका थिए तर उनले फोन उठाइनन् । त्यसपछि आरोपीले श्रमितीलाई मार्ने निर्णय गरे र नजिकैको सुपरमार्केटबाट चक्कु किने त्यसपछि उनी घर आउँदासम्म पर्खेर बसे ।

उनकी श्रीमती राती ८ बजेर १० मिनेटको समयमा आइन् त्यसपछि उनले दिउँसो आफूले फोन गर्दा फोन उठाउने व्यक्तिसँगको सम्बन्धबारे सोधे । तर उनले जवाफ दिन नपाउँदै उनले श्रीमतीलाई चक्कु हाने । उनले श्रीमती रगतको तालमा डुबेको फोटो खिचे त्यसपछि पुलिसलाई फोन गरे ।

भवनका सुरक्षा गार्ड र एक जना डेलीभरी गर्ने व्यक्ति घटनाका प्रत्यक्षदर्शी थिए । पुलिसले आरोपीलाई श्रमितीको लाश र चक्कुको साथमा फेला पारेको थियो । उनले अदालतमा सुनुवाइको क्रममा आफ्नो अपराध स्वीकार गरे र आफूलाई यो अपराध गरेकोमा कुनै पछुतो नभएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *