श्रम कार्यालयले अब हप्ताको तीन दिन सेवा प्रवाह गर्ने

डिसी नेपाल
१० असार २०७८ २२:२७

काठमाडौं । श्रम कार्यालयले बायोमेट्रिक नभएका र व्यक्ति स्वयम् उपस्थित भएर लिनुपर्ने सेवा हप्ताको तीन दिने जनाएको छ । वैदेशिक रोजगार कार्यालय, ताहाचलले अब आउने आइतबार (असार १३)देखि एक सूचनामार्फत हप्ताको तीन दिन सेवा प्रवाह गर्ने जनाएको हो ।

श्रम कार्यालयका अनुसार आइतबार, मंगलबार र बिहीबार(सरकारी विदा बाहेक) भौतिक उपस्थितिमा दिनुपर्ने श्रम स्वीकृति लगायतका सेवा दिइने छ । यसअघि कार्यालयले हप्ताको दुई दिन(आइतबार र बुधबार) सेवा प्रवाह गर्दै आएको थियो ।

कोभिडका कारण निषेधाज्ञा जारी भएपछि भौतिक रुपमा उपस्थित भएर दिने सेवा सबै ठप्प गरेको श्रम कार्यालयले पछिल्लो समयमा हप्ताको एक दिन, हप्ताको दुई दिन गर्दै अहिले हप्ताको तीन दिन सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

निषेधाज्ञा खुकुलो भएपछि र अन्तर्राष्ट्रिय उडान सहज हुनथालेसँगै कामको चापलाई मध्यनजर गर्दै हाल हप्ताको तीन दिन सेवा प्रवाह गर्ने निर्णय गरेको श्रम कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *