माओवादी छाडेर एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त

डिसी नेपाल
११ असार २०७८ ११:०८
344
Shares

काठमाडौं। नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।

माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्। उनीहरू अधिकांश रौतहट र कैलालीका हुन्।

असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *