बेलायतमा एक नेपाली युवाको मृत्यु

डिसी नेपाल
११ असार २०७८ १८:४३

काठमाडौं । बेलायतको नटिङघम सहरमा दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत शुक्रबार बिहान ९ बजे साइकल चढेर भलिबल खेल्न निस्किएका रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि दुर्घटनामा परेका थिए ।

उनको परिवारका अनुसार घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा निधन भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । बाग्लुङ गल्कोटका बद्री सन् २००९ फेब्रुअरीदेखि बेलायतमा बसी सेफको रुपमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *