जब उत्तर कोरियाली ह्याकरले बंगलादेशको बैंकबाट एक अर्ब डलर गायब बनाए

डिसी नेपाल
११ असार २०७८ १९:५७

ढाका (एजेन्सी)। सन् २०१६ मा उत्तर कोरियाली ह्याकरले बंगलादेशको राष्ट्रिय बैंकमा आक्रमण गरेर एक अर्ब अमेरिकी डलर चोर्ने योजनालाई लगभग सफल पारेका थिए। उनीहरु योजनामा सफल हुँदै थिए, अचानक एक संयोगले लगभग आठ करोडभन्दा धेरै ट्रान्सफर अचानक रोकियो।

जेफ व्हाइट र जीन एच लीको रिपोर्ट अनुसार अचानक आएको वाधाका कारण ह्याकर सफल हुन पाएनन्।

यो पूरा प्रकरण एक प्रिन्टरमा भएको एक गडबडीबाट शुरु भएको थियो। जस्तो सदाझै हुन्छ। यसका कारण बंगलादेश बैंकमा प्रिंटरमा खराबी आएपछि कर्मचारीहरुले खासै मतलब गरेनन्।

तर यो कुनै सामान्य प्रिन्टर थिएन र बैंक पनि कुनै सामान्य बैंक थिएन। जुन बैंकमा यो समस्या आयो त्यो बंगलादेशको केन्द्रीय बैंक थियो। जसलाई देशको पूरा विदेशी मुद्रा भण्डार सुरक्षा गर्ने जिम्मेवारी थियो। एक यस्तो देशको मुद्रा भण्डारm जहाँ करोडौं मानिसहरु गरिबीमा छन्।

राजधानी ढाकास्थित बैंकको मुख्य कार्यालयको १० औं तलामा निकै सुरक्षित साथ राखिएको प्रिन्टरमा खराबी आएको थियो। यसै प्रिन्टरबाट बैंकबाट हुने करोडौं रुपैयाँको कारबार प्रिन्ट गरिन्थ्यो।

बैंकका ड्युटी मेनेजरले भनेका छन्, ‘शुक्रबार ५ फेब्रुअरी २०१६ को बिहान पौने ९ बजेको समय थियो। त्यसबेला स्टाफले प्रिन्टरले काम नगरेको देखे। हामीले कुनै सामान्य घटना सोच्यौं। यस्तो समस्या पहिला पनि भएको थियो।’

खासमा बंगलादेश बैंक जुन समस्यामा फसेको थियो, त्यो यसको पहिलो संकेत थियो। ह्याकरहरुले कम्प्युटर नेटवर्कमा पहुँच पुर्याइसकेका थिए। जतिबेला प्रिन्टर बन्द भयो, ह्याकरहरुले हालसम्मको दुस्साहासिक काम गर्दै थिए। उनीहरुको एउटै उद्देश्य थियो, बैंकबाट सबै विदेशी करेन्सी लुट्ने।

जब बंगलादेश बैंकका स्टाफले प्रिन्टरलाई रिबुट गरे त्यसपछि उनले कुनै गम्भीर चिन्ता थप्ने खबर पाए। उनले अमेरिकी फेडरल रिजर्व बैंकबाट आपतकालीन म्यासेज प्राप्त हुन थाले।

बंगलादेशको अमेरिकी डलर अकाउण्ट फेडरल रिजर्व बैंकमा थियो। सो बैंकलाई बंगलादेश बैंकबाट एक अर्ब डलरको पूरा अकाउण्ट खाली गर्ने निर्देशन प्राप्त भएको थियो।

ह्याकरले चोरीका लागि गजबको समय तय गरेका थिए। उनीहरुले बंगलादेशमा विहीबारको रातीको समय तय गरेका थिए। जतिबेला न्युयोर्कमा काम हुन्थो। र जब बंगलादेशमा शुक्रबार विदा शुरु हुन्थ्यो, उता अमेरिकामा पनि विदा हुन्थ्यो। त्यसैले ह्याकरले चोरीका लागि पर्याप्त समय पाएका थिए। फेडरल बैंकसँग बंगलादेशी बैंकका कर्मचारीले मेसेज आएपछि सम्पर्क गर्न विदाका कारण पाएनन्।

बंगलादेश र अमेरिकाको समयबीचको फरकलाई ह्याकरले चोरीका लागि फाइदाका रुपमा प्रयोग गरे। ह्याकरहरुलाई आफ्नो करतुत सफल पार्न समय चाहिन्थ्यो। त्यसैले उनीहरुले विहीबारको समय चुने। उनीहरुले सो रकम फिलिपिन्सको बैंक, विभिन्न क्यासिनो र गैरसरकारी संस्थाहरुमा ट्रान्सफर गरे। तर, एक शब्दका कारण उनीहरु पूर्ण रुपमा सफल भने हुन सकेनन्।

फिलिपिन्सको जुपिटर रोडमा रहेको बैंकमा उनीहरुले सो रकम ट्रान्सफर गर्न खोजिरहेका थिए। तर, अमेरिकाले ईरानमाथि आर्थिक प्रतिबन्ध लगाएको एक पानी जहाजको ना पनि जुपिटर थियो। जसका कारण फेडरल बैंकको सिस्टमले सचेत गरेर ट्रान्सफर रोकिदियो। तर, ८ देखि १० करोड डलर भने ट्रान्सफर भइसकेको थियो।

ह्याकरहरुले फिलिपिन्सको बैंकबाट क्यासिनोको खातामा रकम ट्रान्सफर गरेर सो पैसालाई वैध बनाउने तथा सहटी गर्ने कामसमेत गरे। यति हुँदा बंगलादेशमा बैंकबाट ह्याकरले डलर चोरेको खुलासा भयो। जुन विश्वकै लागि एक भयावह समाचार थियो। त्यसपछि अमेरिकी संघीय जाँच ब्युरोलगायतले यो विषयमा छानबिन शुरु गरे। र ह्याकरको तार उत्तर कोरियासँग जोडियो। बंगलादेशले चोरी भएको मध्ये ५ करोड डलर फिर्ता लिन सफल भयो तर, साढे ३ करोड भने लिन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *