भौतिक पूर्वाधार मन्त्री व्यक्तिगत गालीगलौजमा उत्रिएपछि सभामुखद्वारा चार पटक रुलिङ

डिसी नेपाल
१४ असार २०७८ ८:००

विराटनगर। प्रदेश नं १ प्रदेशसभामा पेश भएको आर्थिक वर्ष २०७८/ २०७९ को छलफलमा सहभागि प्रदेश सभा सदस्य मोहनकुमार खड्काले बजेटका बिषयमा बोलेको कुरालाई लिएर भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ व्यक्तिगत आलोचना र गालिबेइजतिमा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले गुरुङ बोल्दै गर्दा आइतबार प्रदेशसभाको बैठकमा चार पटक रुलिङ गरे ।

प्रदेश सभामा भौतिक पूर्वाधारका बिषयमा उठेका कुराहरुको सम्बोधन गर्ने क्रममा लिखित मन्तब्य पढि सकेपछि सभामुखले बोल्ने क्रम छोट्याउन गरेको रुलिङलाई बेवास्ता गर्दै मन्त्री गुरुङले ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आउनु भन्दै धम्कीसमेत दिएका थिए ।

ओखलढुंगाका सांसद मोहनकुमार खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी र दलालमुखी, गुट केन्द्रीत भएको टिप्पणी गरेका थिए । उनले भौतिकको विनियोजनमा ३७ करोड रुपैयाँ योजना विहीन रकम घुसाइएको भन्दै मन्त्रीमार्फत दुरुपयोग गर्ने उद्देश्यले राखिएको बजेट हटाइनु पर्ने बताएका थिए ।

उनले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा करोडौंको योजना गएको र भौतिक पूर्वाधार विकास मन्त्रीको क्षेत्रमा ५३ करोडको योजना लैजाँदा अरु कयौं क्षेत्रहरु योजनाविहीन भएको भन्दै आलोचना गरेका थिए ।

खड्काले ओखलढुंगाको एउटा पाटोको मात्र विकास गरेर समृद्धि आउँदैन भन्दै बजेटको आलोचना गरेका थिए । उनले विगतदेखि नै मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा योजनाहरु जान नदिन भूमिका खेलेको भन्दै विरोध जनाएका थिए ।

जवाफमा रोष्टमबाट मन्त्री गुरुङले तीन वर्षसम्म आफ्नो योजनाहरु के भए भनेर नहेरेको भन्दै मन्त्री गुरुङले सांसद खड्कालाई भिजन नभएको व्यक्ति भन्दै गाली गरेका थिए ।

‘तपाई सुध्रिएर आउनु होला, तपाईंसँग भिजन नै छैन,’ मन्त्री गुरुङले भने ‘साँढे तीन वर्षसम्म के हेरेर बस्नु भयो रु आफूले दिएका योजनाहरु के भइरहेको छ भनेर हेर्नु पर्दैन रु’ उनले थपे, ‘योजनाका लागि तपाईंले सचिवसँग समन्वय गर्नु पर्दैन रु मसँग समन्वय गर्नु पर्दैन रु मुख्यमन्त्रीसँग समन्वय गर्नु पर्दैन रु’ मन्त्री गुरुङले भनसुन र भेटघाट नगरेकै कारण बजेट नदिएको आशय प्रष्ट हुनेगरी भनाइ राखे ।

एकोहोरो व्यक्तिगत गालीमा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गरे । उनले सभामुखको रुलिङलाई बेवास्ता गर्दै व्यक्तिगत आलोचनालाई जारी राखे । सभामुखले चार पटक रुलिङ गरेपछि बल्ला मन्त्री गुरुङले भनाइ टुंग्याए । त्यस क्रममा उनले आफूले ओखलढुंगाको विकास गर्न खोज्दा खड्काले आरिस गरेको पनि बताए । आर्थिक अभियान दैनिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *