दोर्दीमा रोटरीद्वारा राहत वितरण

डिसी नेपाल
१४ असार २०७८ १४:१३
156
Shares

लमजुङ। पछिल्लो समय बाढीपहिरोबाट देशका विभिन्न ठाँउमा क्षति पुगेको छ। ती क्षेत्रमा राहतका प्याकेज बोकेर पुग्ने मनकारी व्यक्ति वा संस्थाहरु पनि सक्रिय भएका छन्। यस्तै मध्ये एक हो, रोटरीक्लब अफ काठमाडौं हाइट र यसका पदाधिकारी।

उक्त संस्थाका अध्यक्ष सचिन अवाले, उपाध्यक्ष राजाराम जोशी, रोटरियन स्पाउस बुनु तिम्सिना, रोटरियनहरू कुमुदा पोख्रेल, सुर्यमोहन ढकाल लगायतले लमजुङको दोर्दी गाउँपालिका, बन्सार पुगेर राहत वितरण गरेका छन्।

दोर्दी खोलामा आएको बाढीपहिरोबाट उक्त गाउँमा २० घरपरिवारको बिचल्ली भएको थियो। रोटिरयनहरूले वडा अध्यक्ष तुलबहादुर घलेको रोहवरमा राहत वितरण गरेका हुन्।

राहत सामाग्रीमा टेन्ट, स्लिपिङ ब्याग, वाटर फिल्टर, झुल, मास्क, सेनिटाइजर, दाल, चामल, तेल, नुन, चिनी जस्ता दैनिक उपभोग्य बस्तु बाँडिएको थियो। उक्त सामाग्री हरेक परिवारलाई कम्तीमा एक महिनालाई पुग्नेगरि वितरणबाट गरिएको रोटरियन राजारामको भनाइ छ ।
यसबारेमा वडाअध्यक्ष घलेले पनि एक पत्र मार्फत जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *