नदिमा डुवेर बेपत्ता भएका बालकको शव भेटियो

डिसी नेपाल
१४ असार २०७८ २१:३४

काठमाडौं। रौतहट जिल्लाको माधव नारायण नगरपालिका ८ स्थित बाग्मती नदिमा डुवेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। सोही ठाउँ बस्ने ४ वर्षिय राजकुमार महतो किनारमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल भन्दा करीव पाँच सय मिटर तल फेला पारेको हो। यसैगरी कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका ५ झिलमिलास्थित चौधर नदिले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार १४ गते फेला पारेको छ।

सोही ठाउँ बस्ने १५ वर्षिय करन सुनार नुहाउने क्रममा उक्त नदिले बगाई बेपत्ता भएको जनाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त नदिबाट बाहिर निकालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *