माधव नेपालको सन्देश बोकेर भीम रावल बालुवाटारमा
काठमाडौं। एमाले उपाध्यक्ष भीम रावल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार पुगेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालको सन्देश बोकेर रावल बालुवाटार पुगेका हुन्। आइतबार अबेर ९ बजेपछि नेता रावल बालुवाटार पुगेको बालुवाटार निकट स्रोतले जनायो।
कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष रावलबीच एक घण्टा छलफल भएपछि उनी बालुवाटार पुगेका हुन्। वरिष्ठ नेता नेपालसँगको छलफलपछि उपाध्यक्ष रावल बालुवाटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ।
मावध समूहमा रहेका उपाध्यक्ष रावल हार्डलाइनर मानिदै आएका छन्। यस्तो अवस्थामा उनी बालुवाटार पुग्नुलाई एमालेको विवादमा कुनै नयाँ मोड आउने सक्ने आकलन गरिएको छ। माधव समूहले बहिस्कार गरेको एमालेको बालुवाटार केन्द्रीय कमिटी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमा हस्ताक्षर गरेका नेताहरुलाई सोमबार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। तर, माधव समूहले हस्ताक्षर फिर्ता नलिने बताइरहेका बेला उपाध्यक्ष रावल बालुवाटार पुगेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment