ओली र रावलबीच बालुवाटारमा २ घण्टा छलफल
काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच वालुवाटारमा करिब २ घण्टा छलफल भएको छ। आइतबार राति ९ बजेपछि वालुवाटार पुगेका रावल करिब ११ बजे बालुवाटारबाट बाहिरिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपालको सन्देश बोकेर रावल बालुवाटार पुगेका हुन्। सर्वोच्चमा दायर रिटमा एमाले सांसदहरुले गरेको हस्ताक्षर फिर्ता गराउने अध्यक्ष ओलीको प्रयास स्वरुप यो भेट भएको जनाइएको छ।
अध्यक्ष ओलीसँग छलफल गर्नुअघि उपाध्यक्ष रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। कोटेश्वरमा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलबीच एक घण्टा छलफल भएपछि रावल बालुवाटार पुगेका थिए। वरिष्ठ नेता नेपालसँगको छलफलपछि उपाध्यक्ष रावल बालुवाटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ।
मावध समूहमा रहेका उपाध्यक्ष रावल हार्डलाइनर मानिदै आएका छन्। यस्तो अवस्थामा उनी बालुवाटार पुग्नुलाई एमालेको विवादमा कुनै नयाँ मोड आउने सक्ने आकलन गरिएको छ। माधव समूहले बहिस्कार गरेको एमालेको बालुवाटार केन्द्रीय कमिटी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमा हस्ताक्षर गरेका नेताहरुलाई सोमबार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। तर, माधव समूहले हस्ताक्षर फिर्ता नलिने बताइरहेका बेला उपाध्यक्ष रावल बालुवाटार पुगेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment