सुजिताको न्यायका लागि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, झुरझुरेमा तनाव

डिसी नेपाल
२१ असार २०७८ ११:०८
864
Shares

काठमाडौं । आइतबार जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनु पर्ने मागसहित आफन्तहरुले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।

सडकमा ट्रक र ट्याक्टरहरु तेश्रो पारेर सडक अवरुद्ध गरिएको भण्डारा प्रहरीले जनाएको छ। मृत सुजिताको १० दिनपछि आइतबार जंगलमा शव फेला परेको थियो।

प्रहरीका अनुसार ११ दिनदेखि सम्पर्क विहिन भएकी राप्ती नगरपालिका २ झुरझुरेकी २२ वर्षीया भण्डारीको शव ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा फेला परेको थियो।

फरेन्सिक चिकित्सकसहितको टोलीले आज विहान घटनास्थलको निरीक्षण गरेपछि शव बोकेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल जान लागेको एम्बुलेन्सलाई समेत अवरोध गर्दै स्थानीयले सडकमै सुतेर विरोध गरिरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *