सट्टेबाजी गर्ने भारतीय नागरिकसहित ८ जना पक्राउ
काठमाडौं । युरोकप र कोपा अमेरिकामा अनलाइन बेटिङ खेलाएको अभियोगमा प्रहरीले तीन भारतीय नागरिकसहित ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं ४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं १९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका ७ घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका ५ घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर ७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन्।
यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल छन्।
अनलाइनमा बेटिङ खेलाएको सुचनका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ३४ लाख ६५ हजार रकमसहित काठमाडौंका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment