बर्दियामा बाघको आक्रमणबाट मृत्यु

डिसी नेपाल
२१ असार २०७८ २१:२९

बाँके । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *