बुधबार र बिहीबार भारी वर्षाको सम्भावना, आज सामान्य रहने
सांकेतिक तस्वीर
काठमाडौं । मंगलबार मौसम सामान्य रहे पनि बुधबार र विहीबार देशभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले बुलेटिन जारी गर्दै बुध र विहीबार भारी वर्षा हुने जनाइएको छ।
बुलेटिन अनुसार मंगलबार राति प्रदेश १ का केही ठाउँमा भारी वर्षा हुने छ। यस्तै बुधबार र विहीबार देशका अधिकांश ठाउँमा भारी वर्षा हुने छ।
बुलेटिनमा भनिएको छ, ‘मंगलबार कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बांकी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’
बुधबार राति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी प्रभावले गर्दा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment