विपी प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग
फाइल फाेटाे
काठमाडौं । डाक्टर गोविन्द केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
उपकुलपति लगायत पदाधिकारीहरुले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डा. केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन्।
मंगलबार जारी प्रेस विज्ञप्तिमा डा. केसीले भनेका छन्, ‘अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन्। त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ।”
भ्रष्टाचार भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीहरु पनि लामो समयदेखि आन्दोलित छन्। यसअघि आन्दोलनरत चिकित्सकसँग वार्तामा वस्दा उपकुलपतिले मादक पदार्थ सेवन गरेपछि वार्ता भाडिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment