गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको होः विमलेन्द्र निधि
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् ।
कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उनले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।
सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरिजाबाबुले गरेको सङ्गठनबाट अहिलेसम्म पार्टी सञ्चालन भएको बताए । प्रतिनिधिबाट संविधान निर्माण गर्ने गिरिजाबाबुको सपना सुशील कोइरालाले पूरा गरेको उल्लेख गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले सरकार र पार्टीमा गिरिजाबाबुजस्तो नेताको अभाव खड्किएको बताए । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment