नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

डिसी नेपाल
२३ असार २०७८ १३:५६

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ।

यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पहिराले सयौँ सवारी साधन रोकिएका छन्। सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *